काठमाडौं । अर्थमन्त्री जर्नादन शर्माले विदेशबाट अवैध रूपमा ४० करोड रुपैयाँ भित्र्याउने विषयमा जवाफ दिएका छन् ।
सोमबार अर्थ मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा नागरिकको समस्याबारे विस्तृतमा सम्बन्धित निकायलाई हेर्नु भन्ने आग्रह मात्र गरिएको प्रष्ट पारेका हुन् ।
सञ्चारकर्मीले उठाएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री शर्माले भने,
‘अर्थमन्त्रालयमा सबैलाई आउन छुट छ, कसैलाई गेटबाट फर्काइँदैन । बजेट निर्माण गर्ने बेला चाप पर्ने भएकाले कम भेट्नेबाहेक अरू बेला खुला नै हुन्छ । म त झन् खुलै छु । म कहाँ निवेदन आएपछि यो कुरा बुझिदिनुस् भनेर सम्बन्धित महाशाखा पठाउँछु । मन्त्रीको हैसियतले निर्वाह गर्ने कर्तव्य त्यही हो ।
त्यो पृथ्वीबहादुर भन्ने मान्छेसँग न मेरो चिनजान छ, नाताको त कुरै छाड्नुस् । नाता कतै जोडेर मिलाए पनि होलान् ।
एकदिन निवेदन लिएर आएको थियो, त्यो मान्छे । रूँदै आएर मेरो यस्तो भयो भन्यो, गल्ती गरेको होला नि भनेर सोध्दा छैन भन्ने प्रमाण देखायो ।
मैले ‘यो बुझिदिनुस् है’ भनेर पठाउनु मेरो कर्तव्य हो ।
नागरिको समस्या हेरेर सहजीकरण गरिदिनोस् भन्नु अन्यथा होइन । यसलाई ठूलो विषय बनाए । यस्ता धेरै विषय भोलि तपाईंले थाहा पाउनु होला ।’
प्रतिक्रिया दिनुहोस्