Shikhar Insurance
National Life

अर्थतन्त्र संकटमा छैन, गलत हल्ला फिँजाइयो: अर्थमन्त्री शर्मा

सिंहदरबार संवाददाता
२०७८ चैत्र २८, सोमबार १७:२२
Hyundai
NCELL
NIMB

काठमाडौं । अर्थमन्त्री जर्नादन शर्माले देशको अर्थतन्त्र सबल र सक्षम अवस्थामै रहेको दावी गरेका छन् । सोमबार अर्थमन्त्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले देशको अर्थतन्त्र संकटमा गएको भन्दै विभिन्न निकायहरुबाट गलत हल्ला फिजाइएको बताएका हुन् ।

उनले देशको वर्तमान आवस्थाको जानकारी तथा बिहीबार बसेको मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सो बताएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘अर्थतन्त्रमा कुनै ठुलो संकट आएको छैन । जसरी यहाँ देशमा ठुलो संकट आयो अब देशमा के के न होला भनेर हल्ला फिजाइएको छ । त्यस्तो केही छैन । अर्थतन्त्रलाई नियमित गतीमा चल्नु दिन्पर्छ । यसलाई आलोचना गर्नु हुँदैन,’ मन्त्री शर्माले भने, ‘यसमा राजनीतिकरण गरेर देशलाई फाइदा हुँदैन । व्यवसायीहरुलाई र जनतालाई हत्तोसाहित गर्ने खालको प्रचारबाजी भइरहेको छ ।’

देश संकटमा नगएको भन्दै उनले जनता र व्यवसायीको मनोबल कमाजोर बनाउने अभिव्यक्ति कसैले नदिन उनले आग्रह गरे ।

‘विगतको १० वर्षको ट्रन हेरौं, विश्व अर्थतन्त्रको ट्रेन हेरौं । सबै तिर हेर्दा पनि देश ठुलो संकटमा गयो भनेर प्रचार गरिनु उपयुक्त छैन ।हामी सर्कत हुनु पर्ने छ, सर्तक भएर हामीले धेरै मेजरहरुलाई अपनाएर अघि बढ्नु पर्ने आवश्यक छ । त्यसमा अर्थमन्त्रालय लगायत सम्वद्ध सबै निकायहरु लागेका छौं ।–मन्त्री शर्माले भने ।

GBIME

प्रतिक्रिया दिनुहोस्