काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको निलम्बनपछिको पहिलो सेयर कारोबार दिन नेप्से परिसूचक घटेको छ । साताको पहिलो सेयर कारोबार दिन ४४.५६ अंकले घटेको हो ।
कारोबार खुल्नेवित्तिकै लगानीकर्ता अघिल्लो कारोबार दिनभन्दा महंगोमा सेयर किन्न तयार देखिए पनि उत्साह कायम रहन सकेन । अन्ततः नेप्से घटेर ५० लाख सेयर कारोबारी गभर्नरको निलम्बनले खुसी छन् भन्ने भ्रम गलत साबित गरिदिएको हो ।
नेप्से घटेर २४१९.८ अङ्कमा आइपुगेको छ । बजारमा ५० लाख ९५ हजार २ अर्ब २६ करोड रुपैयाँमा किनबेच भए ।
सोमबार १७ कम्पनीको सेयर मुल्य बढ्दा १७६ कम्पनीका सेयरधनीले गुमाएका छन् । नेसडो समृद्ध लघुवित्त र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ ।
कारोबारमा आएका सबै उपसूचक ऋणात्मक छन् ।
प्रतिक्रिया दिनुहोस्