काठमाडौं । आगामी चुनावमा मिलेर जाने सक्ता गठबन्धनले निर्णय गरेका छन् । गठबन्धनमा आबद्ध शीर्ष नेताहरूले सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै आगामीनिर्वाचनमा राजनीतिक सहकार्य हुने प्राण् गरेका हुन् ।
जारी विज्ञप्तिमा लोकतन्त्रको फराकिलो बाटोमा नेपाली जनतालाई स्वतन्त्रता पूर्वक अगाडि बढाउन र नेपाली समाजमा न्याय र समानता कायम गर्न प्रतिगमनलाई परास्त गर्दै नेपाल राष्ट्रको सर्वाङ्गीण र अग्रगामी बिकास र समृद्धि हासिल गर्न पाँचदल प्रतिबद्ध रहेको उल्लेख छ । हिजोका सबै आपसी मतभेदलाई पर पन्छाउदै चुनावमा एकअर्कालाई निरन्तर सहयोग गर्ने प्रण उनीहरुले गरेको हुन् ।
पाँचदलको उक्त ऐक्यबद्धता नेपालमा लोकतन्त्र र लोकतन्त्रका मूल्यमा आधारित समाजवादको रक्षा गर्दै नेपाल राष्ट्रको स्वाधिनता, नेपाली जनताको स्वतन्त्रता र उन्नतिका लागि स्थानीय वासिन्दाहरुको कठिनाई हटाउदै अपेक्षा गरिएको छ । भने, तिनका आवश्यकता परिपूर्ति गर्न आगामी स्थानिय निर्वाचनमा पनि तालमेल गरेर अगाडि बढ्ने घोषणा उनीहरुले विज्ञाप्तीमार्फत् गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्