Shikhar Insurance
National Life

एनआईसी एशिया बैंकका सीईओ न्यौपाने यसकारण बने ‘म्यानेजर अफ द इयर २०२२’

सिंहदरबार संवाददाता
२०७८ चैत्र २७, आईतवार १०:२२
Hyundai
NCELL
NIMB

काठमाडौं । एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने वर्षको उत्कृष्ट व्यवस्थापक बनेका छन् । व्यवस्थापनकर्मीहरूको संस्था नेपाल व्यवस्थापन संघ (म्यान)ले न्यौपानेलाई ‘म्यानेजर अफ द इयर २०२२’ बाट सम्मानित गरेको छ ।

संघले नेपालको व्यवस्थापन क्षेत्रमा पुर्याएको योगदान र अनुकरणीय नेतृत्व कुशलताको कदर गर्दै न्यौपानेलाई सम्मान गरेको बताएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सम्मान ग्रहण गर्दै  ‘म्यानेजर अफ द इयर २०२२’ का विजेता न्यौपानेले उक्त पुरस्कार सम्पूर्ण एनआईसी एशियाका सहकर्मीलाई समर्पण गरे ।

न्यौपानेको पाँच वर्षको नेतृत्व अवधिमा बैंकको कुल कर्जा करिब रू. ७३ अर्बबाट करिब ४ गुणाले वृद्धि भई रू. २७४ अर्ब पुगेको छ । त्यस्तै गरी निक्षेप संकलन तर्फ पनि रू. ८६ अर्बबाट करिब ४ गुणाले वृद्धि भई रू. ३०० अर्ब पुगेको छ । साथै बैंकको प्रतिशेयर आम्दानी तर्फ करिब २ गुणाले वृद्धि भई रू.४१.४३ पुगेको छ ।

बैंकले उनको नेतृत्वमा २०७८ पौष मसान्त सम्ममा देहाय बमोजिमको उत्साहजनक नतिजाहरू हासिल गरी समग्र बैंकिङ्ग क्षेत्रमा नै बैंक सर्वोत्कृष्ट बन्न सफल भएको छ ।

नेपालको वित्तीय इतिहासमा हासिल भएका उपलब्धीहरू मध्ये यी उपलब्धीलाई बैंकले ऐतिहासिक मानेको छ । उल्लेखित परिसूचकहरूमा बैंकलाई सर्वोत्कृष्ट स्थानमा पुर्याउनुका साथै नेतृत्व सम्हालेको छोटो समयमै देशभर करिब ३६ लाख भन्दा बढी ग्राहक महानुभावहरूसँग शाखा सञ्जालका साथै आधुनिक डिजिटल च्यानलहरू मार्फत सहज, सबल, गतिशील, विश्वसनीय एवं उत्तरदायी बैंकिङ्गको नाता स्थापित गर्न र विभिन्न प्रमुख वित्तीय तथा गैर वित्तीय सूचकांकहरूमा देशको सर्वोत्कृष्ट बैंकको रुपमा स्थापित गराउन उनको नेतृत्वमा बैंक सफल भएको छ

न्यौपाने राष्ट्रपतिबाट ‘प्रबल जनसेवा श्री (चतुर्थ)’, ‘कर्पोरेट सीईओ अफ द इयर, २०७८’ र ग्लोबल बिजनेस आउटलुक लन्डनबाट ‘बैंकिङ सीईओ अफ द इयर नेपाल २०२१’ बाट समेत सम्मानित भइसकेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्