अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न सकिन्छ । यसको लागि सबै निकायले समन्वयात्मक भूमिका खेल्नुपर्छ ।
अहिले अर्थतन्त्र संकुचनमा जानुको कारण आन्तरिक र बाह्य दुवै हुन् । पहिलो समस्या समाधान गर्नुपर्ने भनेको शोधान्तरण घाटा घटाएर बचततर्फ लैजानुपर्छ । अनावश्यक वस्तुको आयात घटाउनुपर्छ । राष्ट्र बैंकले आवश्यक कदम चालेको छ, अब अर्थ मन्त्रालय र उद्योग मनलयले पनि कदम चाल्नुपर्छ । विभिन्न वस्तुको आयात घटाउनुपर्छ।
रेमिट्यान्सको अवैद्य कारोबार हटाउनुपर्ने र औपचारिक च्यालनबाट मात्रै रेमिट्यान्स ल्याउन प्रोत्साहन गर्नुपर्छ । अहिले पेट्रोलियम पदार्थको उपयोग कम गर्नुपर्छ ।
ग्याँसको चुलोलाई विस्थापन गर्नुपर्छ । विद्युतीय चुलोमा लगानी बढाउनुपर्छ । निमुखालाई निःशुल्क र सहुलियत दरमा विद्युतीय चुलो उपलब्ध गराउनुपर्छ । हाम्रो बजारलाई लगानीमैत्री र प्रोडक्सन फ्रेण्डली बनाउनुपर्छ । समन्यवात्मक रुपले गम्भीर भएर लाग्ने र दीर्घकालिन रुपमा असर पर्नेगरि कदम चाल्नुपर्छ ।
नेपालको आर्थिक अवस्था पनि श्रीलंकाजस्तो अवस्था हुन थाल्यो भन्ने कुरा पनि चर्चामा छ । अहिले नेपालको अर्थतन्त्रमा समस्या देखिएको छ । हाम्रो अर्थतन्त्रको अहिलेको अवस्थाबाट सुधार गर्नुपर्छ । तरलताको अभाव नै पहिलो समस्या हो । व्यापार घाटा पनि देखियो । वैदेशिक सहायतामा कमी भयो । मूल्यवृद्धि भयो । यस्तो अवस्थामा हाम्रो अर्थतन्त्र कता जान्छ भनेर चिन्ता र चासो जन्मिनु स्वभाविक हो ।
अहिले अर्थतन्त्रमा समस्या आउनुको बाह्य कारण भने कोभिडको महामारी नै हो । यो हाम्रो बसमा थिएन । पछिल्लो चरणमा रुस र युक्रेनबीच भएको युद्ध अर्को बाह्य कारण हो । अब हाम्रो आन्तरिक कारणको कुरा गर्दा सबभन्दा ठूलो कारण, हाम्रो पोलिसीको खराबी हो । एउटाले गर्नुपर्नै काम अर्कोले गर्ने परिपाटी देखियो । आफूले गर्नुपर्ने काम अर्कोले गरेको छ, कोभिडको महामारीबाट अर्थतन्त्र ठप्प भयो । छिमेकीले कस्तो नीति अपनाए ? त्यो पनि हामीले हेरेनौं, कोभिडले हाम्रो अर्थतन्त्रमा कस्तो असर सिर्जना भयो ?
यसमा समाधान कसरी गर्ने भन्ने पनि हेरिएन । कोभिडको कालामा तीन खर्ब २२ अर्बजसतो नोक्सानी हुन गयो । कोभिडपछिको सहुलियत कर्जापनि घरजग्गा र सेयरमा गएको देखिन्छ ।
नेपालको अर्थतन्त्रको समस्या श्रीलंकाजस्तो संकट छैन । अहिलेसमस्या छ, नीति निर्माताहरु, राजनीतिक दलका नेताहरुका लागि निर्वाचन आएको छ, निर्वाचनको जोडघटाउमा लाग्ने हो भने भोलि के हुन्छ ? भनेर भन्न सकिँदैन । कतिपय निकायमा जानकारीको कमी देखिन्छ । पहिले यो समस्या ठूलो होईन भनेर बसेको देखियो, कुनै निकाय चाहीँ चिन्तित देखिएन । उद्योग मन्त्रालयमा मन्त्रीपनि थिएनन् । त्यहाँबाट हुनुपर्ने हस्तक्षेप देखिएन । प्रत्यक्ष संलग्न निकाय तात्नुपर्छ ।
शोधान्तरण घाटा र मूल्यवृद्धिको समस्या अरु समयको जस्तो सानो समस्या होइन । शोधान्तरण घाटा अरु समस्याभन्दा गम्भीर समस्या हो । शोधान्तरण घाटाको समस्या तत्काल समाधान गर्नुपर्छ । ७ महिनाकै अविधिमा २ खर्ब ४७ अर्ब शोधान्तरण घाटा दखिएको छ । यसमा गम्भीर भएर सोच्नुपर्छ ।
(राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. श्रेष्ठले रिपोर्टर्स क्लबको एक कार्यक्रममा व्यक्त गरेको मन्तव्यको सार ।)
प्रतिक्रिया दिनुहोस्