Shikhar Insurance
National Life

‘संकट टार्न सरकारले चालेका कदमले व्यवसायी झन् प्यानिक भए’ (विचार)

विष्णुकुमार अग्रवाल
२०७८ चैत्र २६, शनिबार १९:०५
Hyundai
NCELL
NIMB

अहिलेको अर्थतन्त्रमा देखिएको समस्या हल गर्न सकिन्छ । सरकारले अर्थतन्त्र सुधारको लागि चालेको कदम पनि सकारात्मक छ । श्रीलंकाजस्तो नेपालमा पनि समस्या हुन्छ कि भन्ने चर्चा भैरहेको छ तर अवस्था त्यस्तो छैन ।

विगत केही समयदेखि अर्थतन्त्रको बारेमा धेरै कुरा पब्लिकमा आएको छ । अहिले दुई किसिमको समस्या झेल्नुपरेको छ । एउटा आर्थिक तरलता र अर्को ब्यालेन्स अफ पेमेन्ट बिग्रिएको छ । जुलाई महिनामा हाम्रो ११ महिनालाई आयात धान्नसक्ने ब्यालेन्स अफ पेमेन्ट थियो । अहिले अनौपचारिक रुपमा एल.सी. खोल्न बन्द गर्न भनिएको छ, हाम्रो अर्थतन्त्र प्यानिक गर्ने अवस्थामा पुगेको छैन ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अहिले अर्थतन्त्र सुधारको लागि राष्ट्र बैंकको तर्फबाट चालिएको स्टेप राम्रै छ । नेपालको अवस्था पनि श्रीलंकाजस्तै हुने हो कि भन्ने भयको वातावरण सिर्जना भएको छ । हाम्रो अवस्था त्यस्तो छैन । हाम्रो राजश्वपनि ठीक तरिकाले अघि बढिरहेको छ । आयातलाई सर्टेन लेभलसम्म कन्ट्रोल गर्नु ठीक हो । तर, प्यानिकको वातावरण सिर्जना गर्नुहुँदैन । यस्तो नगर्न सुझाव छ । रेमिट्यान्स फर्मल च्यानलबाट पठाउन भन्नुपर्छ।

विदेशी रकम सञ्चितीको लागि सरकारले गैरआवासीय नेपालीहरुलाई प्रोत्साहन गर्नुपर्छ । सरकार र एनआरएनएबीच विश्वासको वातावरण बनाउनुपर्छ । उनीहरुको मनमा भएको संशय हटाउनुपर्छ। सरकारले दीर्घकालिन योजना बनाएर काम गर्नुपर्छ । हामीले आफ्नो तर्फबाट सुझाव पनि दिएका छौं ।

(नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले रिपोर्टर्स क्लबको एक कार्यक्रममा राखेको मन्तव्यको सार ।)

GBIME

प्रतिक्रिया दिनुहोस्