काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसादर अधिकारी निलम्बनमा परेका छन् । बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले गभर्नर अधिकारीलाई पदबाट निलम्बन गर्ने निर्णय गरेको हो ।
इतिहासमै पहिलो पटक राष्ट्र बैंकमा गभर्नरलाई सरकारले अर्थतन्त्र सुढृढिकरणमा असहयोग गरेको भन्दै निलम्बन गरिएको श्रोतले सिंहदरबारलाई जानकारी दियो ।
अधिकारीलाई निलम्बन गरेको सरकारले बरिष्ठ डेपुटी गभर्नर निलम ढुंगनालाई कामु गभर्नरको जिम्मा दिएको हो ।
मन्त्रिपरिषदले अधिकारीमाथि छानविन गर्न समिति गठन गरेको छ र सो समितिले एक महिनाभित्र प्रतिवेदन तयार पार्नेछ । अधिकारीलाई लिम्को निर्णय अनुसार गभर्नर अधिकारीलाई निलम्बनसँगै छानविन समिति समेत गठन गरेको छ । पूर्व न्यायाधिश पुरुषोत्तम भण्डारीको नेतृत्वमा डा. सूर्य थापा र चन्द्रकान्त पौडेल सम्मिलित छानविन समिति बनेको हो ।
केपी ओली सरकारबाट नियुक्ती पाएका गभर्नर अधिकारीले सरकारलाई असहयोग गरेको आरोप थियो । शेर बहादुर देउवा नेतृत्वको सरकार गठन भएर जनार्दशन शर्मा अर्थमन्त्री बनेदेखि नै मन्त्री र गभर्नरको सम्बन्धमा टकरावपूर्ण रहँदै आएको छ ।
गभर्नर अधिकारीले आफुलाई नटेरेको अर्थमन्त्रीको गुनासो थियो भने अर्थमन्त्रीले राष्ट्र बैंकको स्वायत्ततामा हस्तक्षेप गरेको गुनासो गभर्नर अधिकारीले गर्थे । अर्थतन्त्र संकटपूर्ण बनेका बेला गभर्नरमाथि चालिएको कदमले थप अन्यौलता आउन सक्ने बताइन्छ ।
प्रतिक्रिया दिनुहोस्