Shikhar Insurance
National Life

सञ्चालक डलरमा कमिसन माग्छन्, गभर्नर केही टेर्दैनन्, यस्तो पाराले हुन्छ ?- अर्थमन्त्री

जनार्दन शर्मा
२०७८ चैत्र २५, शुक्रबार १९:२३
Hyundai
NCELL
NIMB

नेपाल राष्ट्र बैंकले गरेको नीति निर्देशन बारे गुनासो गर्दै सरोकारवाला पक्षहरुले मलाई निरन्तर फोन गरिरहेका हुन्छन् । अर्थतन्त्रमा ठुलो समस्या भइसक्यो, सेयर किन्ने पैसामा ४/१२ को क्याप लगाइ सक्यो । तपाईले नै गर्न लगाउनु भएको होला ? किन गर्न लगाउनु भएको भन्दै प्रश्न सोध्छन् । अनि मैले गभर्नर सा’ब लाई नै त सोध्ने हो । ‘के हो यो ? के गर्नु भएको हो ? मैले के जवाफ दिने ?’

अर्थमन्त्रालयको आर्थिक सल्लाहकार नै राष्ट्र बैंक हो । सल्लाहकारलाई त सोध्नु नै पर्यो । कहिले काँही बैंकको ब्याजदर बढ्छ । तर सीइओहरुले हामीले नबढाउने भन्दाभन्दै ब्याज बढाउन लगाइयो भन्दै मलाइ फोन गरेर गुनासो गर्छन् ।
गभर्नर सा’बले किन बढ्यो ब्याज भनेर सोध्नु नै पर्यो । उहाँ सल्लाकार भएपछि सल्लाह लिनै पर्यो । नभए कहाँबाट लिने ?

Citizen Life
Kumar Bank
Prabhu Insurance

कहिले काँही कोही आउँछन् र मलाइ मर्का पर्यो अन्यायमा परेँ भन्दै निवेदन दिन्छन् । राज्य भएपछि सरकार, मन्त्री भएपछि बुझेर के रहेछ भनेर हेर्न पर्यो । तर, मिडियालाई अर्थमन्त्रीले हस्तक्षेप गर्यो भनेर बुझाइन्छ ।

चाहे जुनसुकै मन्त्रालय होस् या निकाय होस् ऐन कानुनमा चल्ने हो । राष्ट्र बैंक चल्नको लागि आफ्नै ऐन छ भने सरकार चल्नको लागि पनि आफ्नै ऐन छ ।
अर्थमन्त्रीले कोही गुनासो गर्दै सम्बोधन गरिमाग्न आउँदा नहेर्ने भन्ने हुन्छ र ? मेरो खाता रोकियो भन्नेको के रहेछ ? बुभझिदिनुस् सम्म भन्नु त पर्यो नी । यसलाई ठुलो विषय बनाएर मिडियाहरुमा गोप्य कुराहरु पुर्याइन्छ ।

यस्तो पाराले हुन्छ ? कतिपय सुचनाहरु हुन्छन्, रिपोर्ट गर्नु पर्ने रिपोर्ट हुँदैन । बदमासी भइरहेको हुन्छ ।

एउटा सञ्चालक समिति सदस्यले बार्गेनिङ गरेको सुनेको छु आधिकारीक कुरा थाहा छैन मलाई । राष्ट्र बैंकको सञ्चालक समिति सदस्यले ३० हजार अमेरिकी डलर चाहियो भनेर बार्गेनिङ गरेको रे । सञ्चालक समिति सदस्यले यस्तो गरेपछि हाम्रो पारदर्शिता कसरी हुन्छ ?

यस्तो कुराहरुमा ध्यान दिँदै हामीले सच्याउनु पर्छ । आ–आफ्नो मर्यादा राख्नु पर्दैन आफ्नो ठाँउमा ? अनि त्यहाँको प्रवक्ता हो या कसले हो मिडियालाई प्रतिकृया दिएर मन्त्रीले यसो गरेकै हो भनेर यसो गरे राष्ट्र बैंकले मान्दैन भन्ने ?

यस्तो गर्दा मैले के भनेको छु ? तपाईहरुको यही हो तरिका यही हो अनुशासन ? संस्थागत अनुशासन हुनु पर्दैन । सबैको अनुशासन आफ्नो ठाँउमा हुनु पर्छ । यति कुरा सच्याएर अघि बढ्नु पर्यो ।

राष्ट्र बैंकले अर्थमन्त्रालयलाई केही अध्ययन गरेर नै सुझाव दिएको थियो । तर, त्यो सुझावलाई कार्यान्वयनमा नपुर्याउँदै पत्रिकामा आइसक्छ । निर्णयमा पुग्ने हो, होइन टुंगो लागेको छैन् । त्यसरी बाहिर आउँदा अर्थतन्त्रमा प्रभाव पार्छ ।

हामीले एलसी नखोल्ने भनेका थियौँ । म राष्ट्र बैंकलाई आग्रह गर्छु यो १०/१५ दिनमा कति वटा बैंकहरुमा एलसी कतिले खोले ? त्यसको रेकर्ड चाहियो । यो त हामीले निजी क्षेत्रलाई पनि साथ लिएर गर्न खोजेका हौं ।
अर्थतन्त्र कतै धरापमा पर्ला कि भनेर चिन्ता गर्नेहरुलाई धेरै धन्यवाद दिनु पर्छ । तर, कतिपयलाई नेपाललाई श्रीलंका बनाउने सपना रहेछ । तर, तिनको सपना पुरा हुँदैन ।

कर्जा विस्तार, उत्पादन क्षमता, विदेशी लगानी, ऋण सहायता कुनै बिषयमा पनि नेपाल र श्रीलंकाको तुलना हुने कुरै छैन । तुलना नहुने कुरामा तुलना गरेर एकथरीले जनतालाई आतंकित बनाउने गलत काम गरिरहेका छन् । त्यसको खन्डन गरिन्छ ।

अर्थतन्त्रमा समस्या छ, त्यो हामीले पनि भन्दै आएका छौं । यसको समाधान हुन्छ । तर नेपाल कदापि श्रीलंका हुन सक्दैन । नेपाललाई श्रीलंककासँग तुलना गर्दै जनतालाई अतंकित गर्नेहरुलाई अपिल गर्छु, जनता तर्साउने काम बन्द गरौं । अर्थतन्त्रको चिन्ता गर्दै यसलाई सुधार्ने उपायहरुमा बहस गरौं ।

हाम्रा स्याउहरु मुगु मुस्तांङ जिल्लामा कुहिए तर हामीले स्याउ आयात भने प्रोत्साहित गरयौं । हाम्रो गल्ती त्यहाँ भएको छ । दुरदराजमा उत्पादन भएका आलुहरु कुहिएर त्यतिकै फ्याकिएका छन् । त्यसलाई बजारसम्म जोड्ने नीति बनाउन सकेनौं । त्यसैले हामीले आलु ल्याउनेलाई प्रोत्साहन गर्यौं । हामीले यही उत्पादन हुने खाद्य वस्तुहरुको
बजारीकरण भण्डारणको लागि उचित नीति बनाएर कार्यान्वयन गराउन नसकेको कारण नै आयातलाई प्रोत्साहन गर्न बाध्यता परेको हो ।

कृषिमा अनुदान भनेर खबौं खर्च गर्यौं तर त्यो अनुदान कहाँ गयो ? त्यसले किन उत्पादन वृद्धि गर्न सकेन ? हाम्रो नीति मै कही कतै गडबढी भएकै हो । कार्यान्वयन क्षेत्रमा समस्याहरु आयो, नीतिको दरुपयोग भयो या भ्रष्ट्रचार भयो ? खोज्नु पर्ने विषय यहाँ छ ।

सम्भव भएका कपडा, धागो उद्योगहरु हिजो हामीले बन्द गर्यौं अनि आयात गरिएका कपडा लगाएर रमाइरहेका छौं । अबको दिनमा हामीले आन्तरिक उत्पादन वृद्धिको नीति ल्याएर आन्तरिक खपतमा जोड दिन पर्छ ।

सुस्ताएको विश्व अर्थतन्त्र अहिले त्यसबाट उठ्न नपाउँदै फेरि विश्वमा देखिएको नयाँ परिस्थिति (द्धन्द्ध)ले थप नकारात्मक प्रभाव पारिरहेको छ । युद्ध भएका देशहरु स्रोतका केन्द्र हुन् । स्रोतमा प्रभाव पर्दा त्यसको असर हामीलाई पनि अवश्य पर्ने नै हो ।

पछिल्लो समय अर्थतन्त्र के कारणले समस्यामा पर्यो ? तेल आयात बढी गरेर, विलासिताका वस्तु आयात गरेर, चाहिने भन्दा बढी गाडी आयात गरेर अर्थतन्त्र समस्यामा पर्न थालेको हो ।

हामीले गाडी आयात गर्दा छोड्ने पेस्की धेरै छोड्दा र चाहिनेभन्दा बढी पेट्रोलियम पदार्थ आयात गर्दा समस्या सुरु भएको हो ।

समस्या समाधानमा हाम्रो विकल्प भनेकै आफ्नो स्रोत साधानको भरपुर सदुपयोग गरेर नै हो । हामीले आफ्नो स्रोत साधानको सदुपयोग गर्न सबैभन्दा पहिला सुशासन र पारदर्शिताबाट शुरु गर्नु पर्छ । आफ्नो जिम्मेवारीहरु प्रतिको इमान्दारीता र सबैको सहकार्य र समन्वयबाट शुरु हुन्छ । प्रविधिको विकास भइरहन्छ । तर, हामी प्रविधिको विकासबाट आउने चुनौतीसँग डराउने हैन । प्रविधिको विकासले मानव समाजलाई सकारात्मक परिवर्तनमा लान्छ । हाम्रो अर्थतन्त्रमा प्रविधिले कस्तो चुनौती थप्छ ? भनेर ५ महिना अघि नै हाम्रो गभर्नर सा’ब लाई सोधेको थिएँ ।

आज आएर क्रिप्टो करेन्सी, हाइपर फन्ड भन्ने कुरा आइरहेको छ । यस्तो पनि हुन्छ भनेर मलाई थाहा नै थिएन । मलाई नाम थाहा नभएर डिजिटल विधिबाट कता कता पैसा जाने विधि आएको छ रे के हो भनेर मैले उहाँ(गभर्नर)लाई सोधेको थिँए । प्रविधिको दुरुपयोग गर्दै ‘क्यापिटल फ्लाई’ भइरहेको सूचना पाएर नै मैले उहाँलाई त्यही समयमै जानकारी गराएको थिएँ ।

तर, यो समस्या समाधान गर्न उचित कदम चाल्न नसक्दा अहिले अवैध रुपमा पैसा बाहिरिन थालेको छ । यस्तो कुरामा हाम्रो ध्यान केन्द्रित हुनपर्छ । प्रविधिको विकाससँगै यसले निम्त्याउन सक्ने चुनौतीको समाना गर्न सक्ने क्षमताको पनि विकास गर्दै जानु पर्छ । प्रविधिको विकासबाट आउने चुनौतीबाट त्रसित हुने होइन । यसको दुरुपयोग हुन नदिने गरी हामीले कदम चाल्नुपर्नेमा ध्यान दिनुपर्छ ।

(नेपाल राष्ट्र बैंकले आयोजना गरेको अर्थशास्त्र तथा वित्त सम्मेलनमा अर्थमन्त्री शर्माले व्यक्त गरेको मन्तव्यको सम्पादित अंश)

GBIME

प्रतिक्रिया दिनुहोस्