Shikhar Insurance
National Life

उपकार लघुवित्तको आईपीओमा आजबाट आवेदन दिन पाइने, ६ जनालाई ११ कित्ता पर्ने, कति माग गर्ने ?

सिंहदरबार संवाददाता
२०७८ चैत्र २५, शुक्रबार ०८:०९
Hyundai
NCELL
NIMB

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाको आईपीओमा आज शुक्रबारबाट आवेदन दिन पाइने भएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरका २ करोड ३६ लाख २५ हजार रुपैयाँबराबरको २ लाख ३६ हजार २५० कित्ता साधारण सेयर निष्काशन गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनले जारी पुँजी ६ करोड ५६ लाख २५ हजार रुपैयाँको ३६ प्रतिशत आईपीओ निष्काशन गरेको हो । कुल सेयरमध्ये ०.५ प्रतिशत अर्थात् ३ हजार २८१ कित्ता सेयर लघुवित्तका कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात् ११ हजार ८१३ कित्ता सेयर सामूहिक लगानी कोषहरूलाई सुरक्षित गरिएको छ ।

बाँकी २ लाख २१ हजार १५६ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । आईपीओमा छिटोमा चैत २९ र ढिलोमा वैशाख ९ गतेसम्म आवेदन दिन सकिनेछ । आईपीओमा न्यूनतम १० र अधिकतम १ हजार कित्ता माग गर्न सकिन्छ ।

कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले लघुवित्तलाई ‘इक्रा एनपी इस्युअर रेटिङ डबल बी माइनस’ प्रदान गरेको छ ।

२ लाख २१ हजार १५६ कित्ता १०-१० कित्ताका दरले २२ हजार १ सय ९ जनालाई पर्नेछ भने ६ जनालाई ११-११ कित्ता पर्नेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्