काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेडमि नोट ११ एस्, र रेडमि नोट ११ प्रो फाइभजी नेपालमा लन्च गरेको छ । हरेक वर्ष एकसेएक नयाँँ प्रविधि र फिचरहरु भएको फोन बजारमा ल्याउन सबैभन्दा अगाडि रहेको शाओमीले अझै पावरफुल अपग्रेड सहित यी नयाँँ फोनहरु बजारमा ल्याएको हो । शाओमीले यी फोनहरुको क्यामरा सिस्टम, चार्जिङ स्पिड, डिस्प्ले, र एस ओ सि मा उल्लेखनीय सुधार गरेर फ्ल्यागशिप फोनको उपलब्धतालाई झनै सहज बनाएको छ ।
लन्चको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित पंडाले लन्च गरेको रेडमि नोट ११ एस र रेडमि नोट ११ प्रो फाइभजी ले फ्ल्यागशिप लेभलको प्रविधिलाई अझै धेरै पहुँचयोग्य बनाउँदै इन्डस्ट्री स्ट्यान्डर्डलाई अझ बढाएको र प्रविधिलाई सुलभ मुल्यमा सर्वसाधारणसम्म पुर्याउने कम्पनीको मुल मान्यतालाई साकार बनाएको बताए ।
रेडमि नोट ११ प्रोमा स्न्यापड्र्यागन ६९५ र रेडमि नोट ११ एसमा मिडियाटेक हेलियो प्रोसेसर रहेको छ । कम्पनीको विरासतलाई कायम राख्दै यी गेम चेन्जर फोनहरुले स्टनिङ क्यामराको साथ स्याभेज पर्फर्मेन्स दिन्छन् । यि दुइटै फोनहरुमा ५००० एमएएचको उच्च क्षमताको ब्याट्रि राखिएको छ ।
उत्कृष्ट फोटोग्राफिको लागि फ्ल्यागशिप लेभलको क्यामरा
फोनको १०८ एमपिको प्राइमरी सेन्सर भएको यी फोनहरुमा जिवन्त र हाइ रेजोलुसनको तस्बिरहरु लिन मिल्छ । साथै यसमा भएको ८ एमपिको अल्ट्रा वाइड एङल क्यामराले ११८ डिग्रीसम्मको फोटो लिनुको साथै २ एमपिको म्याक्रो क्यामराले नजिकबाट फाइन डिटेल लिन सक्छ । साथै यसको २ एमपि डेप्थले पोर्ट्रेट फोटोहरुमा नेचुरल बोके इफेक्ट दिन्छ । १/१.५२ को सामसँग एभएमटु सेन्सर, ९ इन १ पिक्सेल बिनिङ टेक्नोलोजी र डुअल नेटिभ आइएसओ भएको यसको मेन क्यामराले मधुरो प्रकाशमा पनि उच्च गुणस्तरीय तस्विरहरु लिन सक्छ ।
यसको अगाडि भएको १६ एमपिको क्यामराले क्लियर र नेचुरल सेल्फीहरु लिन सक्छ ।
एफएचडी प्लस एमोलेड डट डिस्प्ले, १२० हर्जको रिफ्रेस रेट र ट्रेण्डी फ्ल्याट एज बडी
१२० हर्जको रिफ्रेस रेट र ३६० हर्जसम्मको टच स्याम्प्लिङ् रेट भएको रेडमि नोट ११ एस् र रेडमि नोट ११ प्रो फाइभजी को ल्याग फ्री ट्रान्जिसन, स्मुथ एनिमसन र प्रेसाइज फिङर टचले प्रयोगकर्ताहरुलाई राम्रो स्क्रिन एक्स्पेरिएन्स दिन्छ। यी २ वटै फोनमा डीसीआई पी थ्री वाइड कलर गेमुट सहितको एफएचडी प्लस एमोलेड डट डिस्प्ले रहेको छ जसमा जिवन्त रङहरु र राम्रो डिटेलहरु देख्न सकिन्छ साथै १२०० निटको स्क्रिन ब्राइटनेस भएकोले उज्यालो प्रकाशमा पनि स्क्रिन क्लियर देख्न सकिन्छ ।
ट्रेन्डी फ्ल्याट एज बडी डिजाइन र आकर्षक डिस्प्ले भएको यी फोनहरुमा २ वटा लिनियर स्पिकरहरु छन् जसले भिडियोहरु हेर्दा र गेम खेल्दा इमर्सिभ स्टेरियो साउन्डको अनुभव दिन्छन् ।
पावर र स्पिडको जोडदार संयोजन
पावरफुल पर्फर्मेन्सको लागि रेडमि नोट ११ प्रो फाइभजी मा अड्भान्स्ड अक्टा कोर स्न्यापड्र्यागन ६९५ प्रोसेसर प्रयोग गरिएको छ । यस्तै रेडमि नोट ११ एस् फ्ल्यागशिप लेभल टेक्नोलोजी, २.२ गिगाहर्ज सम्मको क्लक स्पिड, अड्भान्स्ड अक्टा कोर मिडियाटेक हेलियो जी९६प्रोसेसर, ८ जीबी र्याम र फाइभजी सपोर्ट गर्ने चिपसेट सहित आउँछ ।
साथै यो दुइवटै डिभाइसमा ५००० एमएएचको ब्याट्रि रहेको छ । रेडमि नोट ११ प्रो फाइभजी मा भएको फ्ल्यागशिप ६७ वाटको टर्बो चार्जिङले १५ मिनेटमै ५०% सम्म ब्याट्रि चार्ज गर्न सक्छ भने रेडमि नोट ११ एस् मा ३३ वाटको प्रो फास्ट चार्जिङ छ जसले एक घण्टामै ब्याट्रि फुल चार्ज गर्न सक्छ ।
बजारमा उपलब्धता
रेडमि नोट ११ एस पोलार व्हाइट, होराइजन ब्लु, र स्पेस ब्ल्याकमा उपलब्ध छ भने रेडमि नोट ११ प्रो फाइभजी ग्रेफाइट ग्रे, पोलर व्हाइट र एट्लान्टिक ब्लुमा उपलब्ध छ । यी दुइवटै फोनहरु ६जीबी+१२८ जीबी र ८जीबी + १२८ जीबीको स्टोरजमा नेपाल भरीका अनलाइन र रिटेलमा चैत्र २७ देखि उपलब्ध हुनेछन् ।
रेडमि नोट ११ एस र रेडमि नोट ११ प्रो फाइभजी को मुल्य नेपाली बजारमा यस प्रकार रहेको छ ।
रेडमि नोट ११ एस
जीबी+१२८ जीबी– रु २९,९९९/–
८जीबी + १२८ – रु ३१,९९९/–
रेडमि नोट ११ प्रो फाइभजी
६जीबी+१२८ जीबी– रु ३६,९९९/–
८जीबी + १२८ जबि – रु ३९,९९९/–
प्रतिक्रिया दिनुहोस्