Skip to content
Shikhar Insurance
National Life

कामना सेवाले ल्यायो पहिलो क्रेडिट कार्ड, भारतमा समेत काम लाग्ने

Hyundai
NCELL
NIMB

काठमाडौं । कामना सेवा विकास बैंकले क्रेडिट कार्ड जारी गरेको छ । विकास बैंकहरु तर्फ क्रेडिट कार्ड जारी गर्ने पहिलो संस्था पनि कामना सेवा नै बनेको छ ।

बैंकका अध्यक्ष सुदिप आचार्य र सञ्चालक विश्वेश्वर सुवेदीले संयुक्त रुपमा क्रेडिट कार्ड सेवाको आरम्भ गरेका हुन् । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत लगायत बैंकका अन्य कर्मचारीहरुको उपस्थिति थियो ।

विकास बंैकहरुको माझ नयाँ खालको प्रोडक्टहरु ल्याई ग्राहक महानुभावहरुको चाहना र आवश्यकताहरु पुरा गर्दै अगाडि बढेको हुँदा नै कामना सेवा उत्कृष्ट मध्य एक विकास बैंक बनेको बैंकका अध्यक्ष आचार्यले बताए ।

पोइन्ट अफ सेल(पीओएस मेसिन) मार्फत क्रेडिट कार्ड कारोबार गर्दा कारोबार सुरक्षित रहने, भिजा कार्ड स्वीकार्ने एटिएमबाट नगद झिक्न सकिन्छ । भुक्तानी गर्दा न्यूनतम् नेपाली रूपैयाँ एक हजार अथवा जम्मा डेबिट रकमको १० प्रतिशत सम्म झिक्न सकिने, कार्डबाट बस्तु वा सेवा खरिद कारोबार गर्दा न्यूनतम् १५ देखि ४५ दिन सम्म ब्याज नलाग्ने, क्रेडिट कार्ड सीमा नेपाली रूपैयाँ १५,००० देखि ५,००,००० सम्म पाउने र नेपाल लगायत भारतमा समेत सजिलै प्रयोग गर्न सकिने जस्ता विशेषताहरु कामना सेवा विकास बैंकको क्रेडिट कार्डमा उपलब्ध छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्