काठमाडौं । कलंकीस्थित भाटभटेनी सुपरमार्केटलाई दुई लाख रुपैयाँ जरिवाना गराइएको छ । अनुगमनका क्रममा म्याद सकिएको मिरिन्डा र म्याद स्पष्ट नदेखिने सामान राखिएको पाइएको भन्दै भाटभटेनीलाई २ लाख रूपैयाँ जरिवाना गराइएको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौं र वाणिज्य विभागको संयुक्त अनुगमन टोली आइतबार भाटभटेनी पुगेको थियो ।
उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार भाटभटेनीलाई उक्त रकम जरिवाना गरिएको हो । आगामी दिनमा म्याद गुज्रिएको सामान बिक्री गरिएको पाइने थप कारबाही हुनेछ ।
अनुगमन टोलिले कालीमाटीमा रहेको समर किराना पसल र चम्पारण स्टोरलाई पनि ५०–५० हजार रुपैयाँ जरिवाना गराएको छ ।
प्रतिक्रिया दिनुहोस्