Shikhar Insurance
National Life

नेपालगञ्ज र धरानपछि धनगढीमा पर्यटन मेला हुँदै, फारवेस्ट ट्राभल मार्टका यस्ता छन् आकर्षण

सिंहदरबार संवाददाता
२०७८ चैत्र २०, आईतवार १८:४९
Hyundai
NCELL
NIMB

काठमाडौं । सुदूरपश्चिम प्रदेशको पर्यटन गतिविधिहरुको प्रवद्र्धन गर्ने उद्देश्यकासाथ नेपाल पर्यटन बोर्ड र धनगढी उपमहानरपालिकाको मूल आयोजना तथा नाट्टा फारवेस्टको स्थानीय संयोजनमा यही २०७८ चैत्र २५, २६ र २७ गते (तद्नुसार ८–१०, अप्रिल २०२२) धनगढीमा फारवेस्ट ट्राभल मार्ट २०२२ आयोजना हुने भएको छ । नेपालका विभिन्न प्रदेशका पर्यटन व्यवसायीहरूको व्यवसायिक गतिविधिहरुको विकास, विस्तार र अन्तर्राष्ट्रिय स्रोत–बजारका टुर अपरेटरहरूसँग व्यवसायिक सम्बन्ध स्थापित गर्न प्रत्येक प्रदेशमा ‘प्रादेशिक ट्राभल मार्ट‘ को आयोजना गर्ने नेपाल पर्यटन बोर्डको आ.व. २०७८/७९ को नीति तथा कार्यक्रम अनुरुप मार्ट आयोजना गर्न लागिएको पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले जानकारी दिए ।

फारवेस्ट ट्राभल मार्ट २०२२ मा ब्युटीफुल फारवेस्टः शुक्ला टु अपि सैपालको ब्राडिङ गरि सुदूरपश्चिमको पर्यटन प्रवद्र्धन गरिनेछ । यस मार्टमा नाट्टा फारवेस्टकासाथै स्थानीय पर्यटन सम्बद्ध संस्थाहरुको सहभागिता रहनेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यस अघि बोर्डले नेपालगञ्ज उपमहानगरपालिका र धरान उपमहानगर पािलकासँगको समन्वयमा नेपालजञ्जमा वेस्ट टुरिजम मार्ट र धरानमा इस्ट टुसरजम मार्ट सम्पन्न गरिसकेको छ ।

फारवेस्ट ट्राभल मार्ट २०२२ मा सिमावर्ती भारतीय शहरहरु लखिमपुर, बरेली, रुद्रपुर, नैनीताल, देहरादुनर भारतको राजधानी दिल्लीबाट करिब ४० जना टुर अपरेटरहरुलाई क्रेताको रुपमा सहभागी गराई प्रदेशका टुर अपरेटर, होटेल व्यवसायी तथा पर्यटन सेवा प्रदायकहरु बीच यस क्षेत्रका टुर प्याकेजहरु बिक्री प्रवद्र्धन गर्ने विषयमा व्यवसायिक अन्तरक्रिया बी टु बी गराइने बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरजे जानकारी दिए । साथै भारतबाट केही ब्लगर र सञ्चारकर्मीहरुलाई समेत मार्टमा आमन्त्रितगरि पर्यटकीय गन्तब्य तथा गतिविधिहरुको प्रचार प्रसार गरिने उनले जानकारी दिए ।

मार्टस्थलमा सातै प्रदेशका पर्यटकीय आकर्षणहरु झल्किने पेभिलियन, नौवटा जिल्लाका स्टलका साथैटुर अपरेटर, होटेल व्यवसायी तथा पर्यटन सेवा प्रदायक संस्थाहरुका आकर्षक स्टलहरु निर्माण गरिनेछ ।

स्थानीय साँस्कृतिक झाँकी, साँस्कृतिक प्रस्तुति र फुड स्टलहरु मार्टको आकर्षणका रुपमा रहने छन् । आन्तरिक पर्यटन प्रवर्द्धनका लागि सातै प्रदेशका पर्यटन व्यवसायी प्रतिनिधिहरु बीच टुर प्याकेजहरुको आदान प्रदान हुनेछ । आमन्त्रित भारतीय टुर अपरेटर, ब्लगर र सञ्चारकर्र्मीहरुलाई स्थानीय होटेल तथा क्यासिनोहरुको भ्रमण, कर्णाली नदीमा राफ्टिङ, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र जंगल सफारी गराउनुका साथै धार्मिकस्थलहरुको परिचयात्मक भ्रमण गराईनेछ ।

साथै मार्टमा सहभागी हुने प्रदेशका पर्यटन व्यवसायी र सञ्चारकर्मीहरुलाई समेत स्थानीय पर्यटकीय गन्तव्य तथा गतिविधिहरुको प्रत्यक्ष अनुभव प्रदान गर्न परिचयात्मक भ्रमण गराईने नाट्टा फार वेष्टका अध्यक्ष माया प्रकाश भट्टले जानकारी दिए ।

यसमार्टको आयोजनाले सुदूरपश्चिम प्रदेशका पर्यटकीय प्याकेज, गन्तव्य तथा गतिविधिहरुको प्रचार प्रचार तथा प्रवद्र्धन हुन गई भारतीय पर्यटकहरुको आगमन संख्या बढ्न जाने र आन्तरिक पर्यटन गतिविधिहरु समेत बढ्न जाने अपेक्षा गरिएकोे छ । तसर्थ मार्टको भव्य रुपमा सञ्चालनका लागि पर्यटन व्यवसायी, पर्यटन क्षेत्रमा चासो राख्ने सरोकारकारवाला निकाय र सञ्चार क्षेत्रको सक्रिय सहभागीताको अपेक्षा गरिएको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्