काठमाडौं । भन्सार एजेन्टको परीक्षा मिति टुंगो लागेको छ । कोरोना महामारी र अदालती झमेलाले पार पाएसँगै भन्सार एजेन्टको परिक्षा २०७९ वैशाख १७ गते हुने भएको हो ।
वैशाख १७ गते शनिबार दिउँसो २ बजेका लागि परीक्षा तय गरिएको छ भन्सार विभागका अनुसार उच्च अदालत पाटनले अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि परीक्षा सञ्चालन गर्ने निर्णय गरिएको हो ।
यसअघि गत फागुन २६ गते उच्च अदालत पाटनले तत्काल परीक्षा सञ्चालन नगर्न अन्तरिम आदेश दिएको थियो । जसकारण फागुन २८ गतेका लागि तय भएको परीक्षा स्थगित भएको थियो । गत चैत १३ गते उच्च अदालत पाटनले उक्त अल्पकालिन अन्तरिम आदेशलाई निरन्तरता नदिए पनि परीक्षा मिति तोक्न विभागले आनाकानी गर्दै आएको थियो ।
परीक्षा केन्द्रको भने टुंगो लाग्न बाँकी छ । यसअघि सबै प्रक्रिया पुरा गरेर पनि अन्तिममा परिक्षा रोकिएको थियो । मध्य वैशाखका लागि तय गरिएकामा मुद्दा मामिलामा नपरेमात्र परिक्षा सम्भव हुनेछ ।
प्रतिक्रिया दिनुहोस्