काठमाडौं । पेट्रोलियम व्यवसायीहरूको आन्दोलन फिर्ता भएको छ । नेपाल आयल निगम र आन्दोलनरत व्यवसायीबीच चार बुँदे सहमति भएसँगै व्यवसायीहरुको आन्दोलन फिर्ता भएको हो ।
पेट्रोलियम बिक्रेता कमिसन र ढुवानी भाडा बढाउने सम्बन्धमा सात दिनभित्रै नयाँ निष्कर्ष निकाल्ने सहमति भएपछि आन्दोलन फिर्ता भएको हो । निगम व्यवस्थापनका तर्फबट प्रवक्ता समेत रहेका बिनितमणी उपाध्याय र राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिका तर्फबाट प्रवक्ताको जिम्मेवारीमा रहेका विश्व अर्यालले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।
पेट्रोलियम ढुवानी व्यवसायी, पम्प व्यवसायी र खाना पकाउने एलपी ग्यास उत्पादक व्यवसायीहरूले संयुक्त संगठन बनाएर देशभर पेट्रोलियम पदार्थको ढुवानी तथा बिक्री वितरण ठप्प पार्ने घोषणा गरेका थिए । उनीहरूले विश्वव्यापीरूपमा पेट्रोलियम पदार्थको मूल्य बढेको तर निगमले आफूहरूको ढुवानी भाडा नबढाएको बताउँदै आएका थिए ।
भयो यस्तो सहमतिः
प्रतिक्रिया दिनुहोस्