Shikhar Insurance
National Life

शुन्य कमिशनमा ब्रोकरले यसरी गर्न सक्छन् कारोबार !

सिंहदरबार संवाददाता
२०७८ चैत्र १८, शुक्रबार १८:०७
Hyundai
NCELL
NIMB

काठमाडौं । ‘ब्रोकर कमिशन घटाउने विषय’ पछिल्लो समय सेयर बजारमा चर्चामा रहेको विषय हो । एक वर्षअघिमात्र घटाइएको ब्रोकर कमिशन नेपाल धितोपत्र  बोर्ड (सेबोन) मा नयाँ अध्यक्ष रमेश हमालको नियुक्ती भएसँगै पुनः घटाइने विषय बाहिरिएको हो ।

फागुन ५ गते सरकारले बोर्ड अध्यक्षमा हमाललाई नियुक्त दिँदाकै दिनदेखि पहिलो प्राथमिकतामा साना लगानीकर्तालाई राखेर सेवा शुल्क घटाउने उनले सार्वजनिक रुपमा अभिव्यक्ति दिँदै आएका छन्, भने उनले केही साता अघि आफ्ना भावी कार्ययोजना सार्वजनिक गर्ने क्रममा ब्रोकर कमिशन थपघटको बारेमा बोर्डमा अध्ययन शुरु गरेको  बताएका थिए । तर, ब्रोकरहरु भने अहिलेको कमिशनमा कम्पनीहरु घाटामै गइसकेको दावी गर्छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सेबोनले कमिशन घटाउन भन्दा ब्रोकरको पुँजी बढाएर उनीहरुले दिने सेवाको दायरा विस्तार गर्न सके शुन्य कमिशनमै सेयर कारोबार सम्भव हुने दावी उनीहरुको  छ । सेबोनले ब्रोकरको सञ्चालन खर्च घटाउँदै आम्दानीका स्रोत घटाएर कमिशन घटाउँदा कम्पनीहरुलाई समस्या नहुने ब्रोकर एसोसिएशनका अध्यक्ष सन्तोष मैनाली बताउँछन् ।

९ ब्रोकर कम्पनीलाई १६ स्थानमा शाखा विस्तारको अनुमति दिँदै बोर्ड, कुन ठाँउमा कुन ब्रोकर ?

यसका लागि सेबोनले ब्रोकरहरुको पुँजी बढाउनु पर्ने र प्रविधिको प्रयोग बढाएर अन्य ग्राहकलाई सेवा समेत दिन पाउने व्यवस्था गर्नु पर्ने उनको भनाइ छ ।

‘ब्रोकरको खर्च घटाउन तर्फ सेवोनले कम गर्न सके कमिशन घटाएपनि कम्पनीहरु घाटामा जाँदैनन्,’ अध्यक्ष मैनालीले सिंहदरबारसँग भने, ‘ब्रोकरलाई फुल सर्भिस दिन पाउने व्यवस्था गर्नु पर्यो, कम्पनीहरुले ब्रोकिङको काम बाहेक अरु सर्भिस दिन पाएका छैनन् । सेबोनले ब्रोकरलाई पोटफोलीयो म्याजेजमेन्ट, एड्भाइजरी, ब्रोकर डिलरको काम गर्न दिनुपर्छ र मार्जिङ ट्रेडिङलाई चलायमान बनाउन सके ब्रोकर कमिसन घटाएर पनि कम्पनीहरुले नाफा कमाउने ठाउँ हुन्छ ।’

आवश्यक प्रविधि ब्रोकरले आफ्नो इच्छाअनुसार ल्याउनु दिएर प्रविधिको प्रयोग बढाएमा खर्च घटी आम्दानीमा असर नपर्ने उनले बताए । अहिलेको कमिशनमा केही ब्रोकरहरु घाटामै सञ्चालन भएको उनले जानकारी दिए ।

‘अहिले घाटामा गएका कम्पनीहरुले ७/८ महिना अघि कारोबारमा कमाएको रिजर्भले सञ्चालन खर्च धानिरहेका छन्,’  उनले भने, ‘बजारमा अहिले दैनिक कुल २/३ अर्ब रुपैयाँको कारोबार हुन थालेको छ । ३ अर्ब रुपैयाँभन्दा तलको कारोबारमा त नेप्से नै घाटामा जान्छ भने अहिले ७ वटा ब्रोकर कम्पनी घाटामा सञ्चालन भएका छन् ।’

सेबोनले हरेक पटक ब्रोकर कमिशन घटाउने समयमा हामीले यस्ता विषय राखेपनि सुनुवाइ नगरि कमिशन घटाइने उनले गुनासो गरे । प्रविधिको उच्चतम प्रयोग र सेवाको दायरा विस्तारले नै ब्रोकरहरुले थोरै कमिशनमा कारोबार गराउन सक्ने उनको भनाइ हो ।

‘ब्रोकर कमिशन बढाउन अध्ययन हुनु पर्छ, अहिले कै कमिशनमा ब्रोकर बाच्न सक्दैनन्’ (विचार)

सेवोनले ब्रोकर कम्पनीलाई खुद नाफाको प्रविधिमा खर्च गर्नुपर्ने नै निर्धारण गर्दा कम्पनीहरुले बाध्यताले भएपनि अन्तर्राष्ट्रिय टेक्नोलोजी भित्र्याउनु पर्ने हुन्छ । प्रविधिको प्रयोग बढाएमा न्यून खर्चमा समेत ब्रोकरले धेरैलाई गुणस्तरिय सेवा दिन सक्षम हुन्छन् ।

पुँजी बढाएर साधारण सेयर (आइपीओ) जारी गर्न दिएरमा ब्रोकरहरु कम्पनीले शुन्य कस्टमै सेवा दिन सक्ने भिजन सेक्युरिटिजका प्रमुख राजकुमार तिमल्सिना दावी गर्छन् ।

‘ब्रोकरहरुले शुन्य कस्टमै ग्राहकलाई सेवा दिन तयार हुन्छन् तर त्यसका लागि सेवोनले नै गर्नु पर्ने काम धेरै छन्,’ब्रोकर तिमल्सिनाले सिंहदरबारसँग भने, ‘ब्रोकरको पुँजी बढाएर ५० करोड रुपैयाँ तोकियो र ब्रोकरलाई पनि आइपीओ जारी गर्छ दिइयोस्, सिस्टम आ–आफ्नै बनाउन दिइयोस्, ब्रोकरहरुले मार्जिन कर्जा, ब्रोकर डिलर, एडभाइजरीको लाइसेन्स दिनु पर्यो । ब्रोकरले मार्जिन, एडभाइजरी र टीएमएसमात्रै आफै गर्न पाउने भए म आफै शुन्य कमिशनमा काम गर्न सक्छु ।’

ब्रोकरले दिने सेवाको दायरा सेबोनले बढाउन सके सबै कम्पनीहरुले शुन्य प्रतिशत कमिशनमै सेयर कारोबार गराउन सक्ने उनको दावी छ । तर, यसका लागि सेबोनले ५० वटै ब्रोकर कम्पनीलाई वर्गिकरण गरेर सेवाको दायरा विस्तार गर्न पाउने व्यवस्था गर्नु पर्ने उनको भनाइ छ ।

लगानीकर्ताको सुरक्षा भनेको सेटलमेन्ट ग्यारेन्टी फण्ड नै हो । त्यो फण्डमा पनि पैसा राख्न स्टेक होल्डरको आम्दानी नै नभएको हुँदा ब्रोकरको आम्दानीको स्रोत बढाइनु पर्ने आवश्यकता अहिलेको हो । आय स्रोत नै घटाएर यस्ता कोष कसरी सञ्चालन हुन नसक्ने ब्रोकरहरुको भनाइ छ ।

‘आजको दिनसम्म सेवनले सेटलमेन्ट ग्यारेन्टी फण्डको व्यवस्था गरेको छैन । यस्तो बजारमा ब्रोकर इमान्दार नभएको भए सेयर बजार ध्वस्त नै हुन्थ्यो,’ एक ब्रोकरले सिंहदरबारसँग भने, ‘अहिले ५ हजार रुपैयाँ लोड गर्ने ग्राहकले करोड रुपैयाँँ बढीको सेयर अडर गरि कारोबारसम्म गर्न पाउँछ । यस्तो अवस्थामा ब्रोकरलाई रापसाप गर्न धेरै समस्या पर्ने गर्छ, भने ब्रोकरले पूणरुपमा घाटाको कारोबार गर्नुपर्ने हुन्छ ।’

अहिले सञ्चालनमा रहेका ५० वटै ब्रोकर कम्पनीलाई सेवोनले एउटै वर्गमा राखेको छ । तर यी ब्रोकरहरु सबै एउटै क्षमता नभएका ब्रोकरहरु हुन् । ब्रोकरको कारोबार, कर्मचारी दक्षता, सेवाको गुणस्तर र अन्य क्षमताको मूल्यांकन गरी सेबोनले कम्पनीहरुको वर्गिकरण गरी सोही अनुसारको सेवा दिन पाउने व्यवस्था गर्नु पर्ने ब्रोकरहरु बताउँछन् ।

‘५० वटै ब्रोकरको मूल्यांकन गरेर सेवोनले वर्गिकरणआपसमा प्रतिस्पर्धा गर्न दिनु पर्छ, तर अहिले सबैलाई एउटै बस्केटमा राखेर नियमन गरेको छ,’ ती ब्रोकरले भने ‘सेवोनले ब्रोकरको टनओभर, पेडप क्यापिटल, कर्मचारीको दक्षताको आधारमा ग्रेडिङ गर्नु पर्छ र ग्रोडिङको आधारमा उनीहरुलाई सेवा दिन पाउने व्यवस्था गर्नुपर्छ ।’

 

GBIME

प्रतिक्रिया दिनुहोस्