Shikhar Insurance
National Life

नेपाल र भारतबीच सवारीसाधन सञ्चालन गर्न आधिकारिक सञ्चालकको रुपमा सूचीकृत हुनुपर्ने

सिंहदरबार संवाददाता
२०७८ चैत्र १६, बुधबार २०:५८
Hyundai
NCELL
NIMB

 

काठमाडौं । यातायात व्यवस्था विभागले नेपाल र भारतबीच सवारीसाधन सञ्चालन गर्न चाहने सेवा प्रदायकलाई आधिकारिक सञ्चालकको रुपमा सूचिकृत हुन आह्वान गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

विभागले आज एक सूचना जारी गर्दै नेपाल भारतबीच सञ्चालन हुने सेवा प्रदायकलाई नियमन गर्न सूचीकृत गर्न लागिएको जनाएको छ । काठमाडौँ वा देशका अरु शहरबाट भारतका विभिन्न स्थानसम्म १३ रुट निर्धारण गरिएको छ ।

एक देशको आधिकारिक सञ्चालकको लागि दिइएको इजाजत अर्को देशमा बहु–प्रवेशको लागि एक वर्षसम्म मान्य हुने र बढीमा पाँच वर्षसम्म नबीकरण हुने बताइएको छ । अनुमतिपत्र प्राप्त सवारीसाधनले प्रवेश गर्दा वा बाहिरिँदा आधिकारिक बाटो, अध्यागमन विन्दु र भन्सार केन्द्र प्रयोग गर्नुपर्ने विभागले जनाएको छ ।

ती सवारीसाधनले सवारी दर्ता प्रमाणपत्र, जाँच प्रमाणपत्र, वीमा कागजात, बाटो इजाजतपत्र, प्रदूषण जाँच प्रमाणपत्र, चालक अनुमतिपत्रलगायत कागजात साथमा हुनुपर्ने उल्लेख छ । त्यस्तै, एक देशमा दर्ता भएर सम्झौताअनुसार सञ्चालन अनुमति पाएका सवारीसाधनले अर्को देशको भू–भागमा स्थानीय यात्रु तथा मालसामान ढुवानी गर्न नपाउने व्यवस्था गरिएको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्