Shikhar Insurance
National Life

‘मैले अर्थतन्त्र नबुझेरै बोल्ने रहेछु,आर्थिक वृद्धिमा मैले लिएको लक्ष्य गलत भयो’–अर्थमन्त्री

सिंहदरबार संवाददाता
२०७८ चैत्र १५, मंगलवार २०:५७
Hyundai
NCELL
NIMB

काठमाडौं । अर्थमन्त्री जर्नादन शर्माले आफुले अर्थतन्त्रको बारेमा नबुझि अर्थ नीति बनाएको स्वीकार गरेको छन् । उनले नेपाल आर्थिक संघ र बैंक तथा वित्तीय संस्था परिसंघले संयुक्त रूपमा आयोजना गरेको नेपालको वर्तमान आर्थिक अवस्था र आगामी बजेट विषयक आर्थिक बहस कार्यक्रममा चिन्ता, अपेक्षा र आशा व्यक्त गर्दै आफुले अर्थशास्त्रको बारेमा अनविज्ञ रहेको स्वकिार गरेका हुन् ।

‘व्यापार घाटा छ, तर समाधान कसरी ? बेरोजगारी छ भनिरहनै पर्दैन तर समाधान कसरी चाहिएको त्यो हो,’ अर्थमन्त्री शर्माले भने, ‘अर्थमन्त्री भएपछि मैले आयातमुखी अर्थतन्त्र रोकेर उत्पादनमुखि अर्थतन्त्र स्थापित गर्नुपर्छ भनेको थिए । त्यो मैले अर्थशास्त्र नबुझेर भनेको रहेछु । आज यहाँहरुले भनेको सुन्दा म गलत रहेछु भन्ने लाग्यो, उत्पादनमुखि अर्थतन्त्रको लागि सबै क्षेत्रबाट सरकारलाई सहयोग चाहिन्छ ।’

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले अर्थतन्त्रमा देखिएको समस्या र आवश्यकता औंल्याउनेलाई समस्याको समाधानमा सुझाव दिन आग्रह गरे । राजश्व केन्द्रित बजेट दिगो नहुने हुँदा उत्पादनमुखी अर्थतन्त्र निर्माणमा सबैलाई सहयोग गर्न उनले आग्रह गरे ।

उनले ७ प्रतिशतको आर्थिक वृद्धिको अर्थतन्त्रमा भाविष्यमा आइपर्ने संकटको हेक्का नराखी लिइनु गल्ती भएको स्वीकार गरे ।

‘बेमौसमी बाढी आएर कृषि बाली र पुर्वाधार डामाडोल बनाउँछ, कोभिडको लहर पटक पटक आउँछ, १० हजार कन्टेनर भाडा बढेर ३० हजार पुग्छ भन्ने के थाहा,’ यस्तो हुन्छ भन्ने सोच्नु सबैले सोचेको थियो ?’ उनले भने, ‘यो सबै नभएको भए ७ प्रतिशतमात्र हैन बढी हुन्थ्यो तर अब पुगेन । यसले शिक्षा पाइयो अब त्यस्तो शिक्षा पाएपछि कमजोरि सुधार्न पाईन्छ ।’

आयातमा नगद मार्जिनले समस्या भयो भन्ने निजी क्षेत्रको कुरा ठिक भएको उनको भनाइ छ ।

‘शत प्रतिशत नगद मार्जिनमा १ करोड रुपैयाँको सामानलाई १ करोड रुपैयाँ नै बैंकमा राख्नु पर्ने रहेछ, त्यो पैसाको ब्याज पनि पाउँदैन । बैंकहरुले त्यो पैसा ऋणमा लगाउँछ होला तर ऋण लगाउँछु भनेर भन्दैन,’ मन्त्री शर्माले भने, ‘व्यवसायीले बैंकले नाफा खाने नीति किन बनाएको भन्छन् , यसो हेर्छु ठिकै जस्तो लाग्छ । तर, अर्को तिर विदेशी मुद्रा सञ्चिति पनि घटिरहेको छ। यसका लागि आयात रोक्न आवश्यक नै हो जस्तो लाग्छ । यसबारे आजको भोलि नै निर्णय गर्नु भन्दा थप अन्तरकृयाको आवश्यकता छ ।’

उनले अर्थतन्त्रलाई सही बाटोमा ल्याउन सबै पक्षले सहयोग गर्नुभन्दा सबैले दोषारोपण मात्र गरेको बताए ।

‘सकारात्मक सुझाव दिनेभन्दा नकारात्मक पाटो बढी कोट्याउने धेरै छन्, उनीहरुको लागि पनि मसँग जवाफ छ,’ उनले भने, ‘विगतको नीति नियम र संरचना नहेरी मेरो अनुहार हेरेर मन परेन भन्ने, यो अर्थमन्त्री आएर नै सबै बिगार्यो भन्छन् । पक्कै पनि म आएको छु मैले जिम्मा लिएको छु मेरो जिम्मेवारीबाट म पछि हट्दिन ।’

आज गरेका निर्णयको नतिजा भोलि मात्रै आउने भएको हुँदा आज अर्थतन्त्रमा देखिएको समस्याको जिम्मेवार आफूमात्र नभएको उनले दावी गरे ।

आफुले बजेट बनाउँदा बाँझो खेतमा बेरोजगार युवा, गरिबी, महिला दलित र विदेशीएका युवालाई फर्काउने नीति सहित बनाएको तर सम्बन्धित पक्षले वेवास्ता गर्दा कार्यान्वयनको पाटो प्रभावकारी नभएको उनको भनाइ छ ।

‘किसानले आफ्नै बारिमा  बजेट आएको देखोस्, व्यवसायीले आफ्नै व्यवसायमा बजेट आएको, उद्योगीले आफ्नै उद्योगमा उज्यालो भएको देख्नको लागि के गर्नु पर्छ सुझाव दिनुस्, इच्छा छ तर कसरी गर्ने सुझाव विज्ञले दिनु पर्यो । अर्थविज्ञहरुको विज्ञता र मेरो निर्णायक क्षमताले नै हामीले व्यक्ति र देश बनाउन सकिन्छ ।’

उनले सबै राजनितिक नेतृत्वले भोट किन्न हैन देश बनाउन तर्फ पनि सोच्नु पर्ने बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्