Shikhar Insurance
National Life

अर्थमन्त्रीलाई अगाडि राखेर अर्थविद पाण्डे भन्छन्ः ‘सच्चा अर्थ मन्त्रालय चाहियो’

सिंहदरबार संवाददाता
२०७८ चैत्र १५, मंगलवार १९:३६
Hyundai
NCELL
NIMB

काठमाडौं । अर्थविद् डा. पोषराज पाण्डेले अर्थमन्त्री जर्नादन शर्मालाई अगाडि राखेर अर्थमन्त्रालय सच्चा नभएको भन्दै मुलकको अर्थतन्त्र विकास गर्ने वास्तिविक अर्थमन्त्रालयल चाहिएको बताए । उनले नेपाल आर्थिक संघ र बैंक तथा वित्तिय संस्था परिसंघले संयुक्त रूपमा आयोजना गरेको नेपालको वर्तमान आर्थिक अवस्था र आगामी बजेट विषयक आर्थिक बहसमा अर्थ मन्त्रालय राजश्व उठाउने र भोट किन्ने निकाय मात्रै बनेको बताएका हुन् ।

‘अर्थमन्त्रालय वास्तविक अर्थमन्त्रालय जस्तो नभई राजश्व उठाउने र भोट किन्ने निकाय जस्तो मात्रै भएको छ, अब अर्थतन्त्रमा स्ट्रक्चरले ट्रान्सर्फमेसनको आवश्यकता छ त्यसको लागि आधोगिक विकास, गरी श्रमको सदुपयोग हुनु पर्यो,’ उनले भने ‘मुलुकमा अब इन्क्लुसिभ ग्रोथ चाहिको छ, त्यसको लागि सच्चा अर्थमन्त्रालय हुनुपर्यो, अहिलेसम्म अर्थमन्त्रालय राजश्व संकलन र भोट किन्ने निकाय मात्रै भइरहेको छ ।’

Citizen Life
Kumar Bank
Prabhu Insurance

आगामी आर्थिक वर्षको लागि १७ खर्ब ४५ अर्ब रुपैयाँको बजेट तयारी गरिएको र स्रोत व्यवस्थापन गर्न १३५९ राजश्वबाट उठाउने लक्ष्य सरकारले राखेको भन्दै अर्थमन्त्रालयको ध्यान राजश्व संकलनमा मात्रै रहेको उनले दावी गरे ।

‘राजश्वमा ४७ प्रतिशत राजश्व भन्सार वेश रहेको छ, हामिले आगामी आर्थथिक वर्षमा ६३८ अर्ब बोर्डरमा राजश्व संकलन गर्ने कुरा गरका छौ, भन्सार राजश्वको उक्त लक्ष्य पूरा गर्ने हो भने आगामी आवमा २२र२३ खर्ब को आयात गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘त्यसमा २० खर्ब व्यापार घाटा उठाउने तयारी हो ?’

वित्तीय क्षेत्रमा पुनरकर्जा लगायतका वित्तीय औजारको माध्यमबाट मात्रै कोभिडको कारण सिर्जित जोखिम २ वर्ष पछाडि धकेल्ने काम भएको दावी गरे । यसलाई सम्बन्धित पक्षले समयमै व्यवस्थापन नगरे आर्थिक संकट आउने उनको भनाइ छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्