काठमाडौं । नेपाल औषधी उत्पादक संघले पारासिटामोल ५०० एमजी बजारबाट विस्तापित गरिएको सम्बन्धमा स्पष्ट पारेको छ । संघले ६५० एमजीको पारासिटामोल ५०० एमजीको विस्तापित नगरि ल्याउने प्रष्ट पारेको हो ।
मंगलबार संघले ध्यानाकर्षण विज्ञाप्ती जारी गर्दै पारासिटामोल ६५० एमजीको दर्ता सम्बन्धमा हाल बजारमा आएका टिकाटिप्पणीको बारे आफ्नो स्पष्टिकरण राखेको छ ।
सो विज्ञप्तीमा भनिएको छ ।
‘पारासिटामोल ५०० एमजी लाई विस्थापित गरि ६५० एमजी मात्र उत्पादन गर्ने भन्ने भ्रमपुर्ण अभिव्यक्तिहरु देखिएको हुनाले सबैमा ५०० एमजी को उत्पादन
निरन्तर भई ६५० एमजी पनि उत्पादन गर्नको लागी अनुमति प्रदान भएको हुँदा ५०० एमजी पनि अभाव नहुने र आवश्यकता अनुसार ६५० एमजी पनि उपलब्ध हुने समेत
ध्यानाकर्षण गराउन चाहन्छौ । कोभिडको समयमा समेत नेपाल तथा विभिन्न राष्ट्रहरुमा चिकित्सकहरुले पारासिटामोलको ६५० एमजी मात्र नभई १००० एमजी सम्मको डोज आवश्यकता महसुस गरि प्रयोग भइरहेको पनि यसै ध्यानाकर्षण पत्र मार्फत सबैमा अबगत गराउन चाहन्छौ।’
प्रतिक्रिया दिनुहोस्