Shikhar Insurance
National Life

राष्ट्र बैंकले ८ महिनामा बैंकहरुलाई दियो ५५ खर्ब रुपैयाँ तरलता, आग्रहमै साढे ५१ खर्ब

सिंहदरबार संवाददाता
२०७८ चैत्र १४, सोमबार १७:३२
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले लगानी योग्य रकम (तरलता) व्यवस्थापनको लागि खर्बाै रुपैयाँ बजारमा पठाएको छ । विभिन्न मौद्रिक उपकरणमार्फत् राष्ट्र बैंकले बैंकहरुलाई चैत १३ गतेसम्म ५५ खर्ब १८ अर्ब ६ करोड रुपैयाँ  तरलता उपलब्ध गराएको हो ।

चालु आर्थिक वर्ष लागेसँगै बैंकिङ प्रणालीमा तरलता संकुचन हुँदै गएको हो । हालसम्म बैंकिङ प्रणालीबाट १ खर्ब ८ अर्ब ७७ करोड रुपैयाँ लगानी योग्य रकम घटिसकेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

गत साउन १ गतेसम्म प्रणालीमा १ खर्ब २५ अर्ब ७७ करोड रुपैयाँ लगानी योग्य रकम तरलता मौज्दात थियो । जुन चैतको १३ गतेसम्म आइपुग्दा १७ अर्ब रुपैयाँमा सिमित भएको छ । यसरी प्रयाप्त तरलताको अभाव हुँदै गएपछि बैंकहरुले राष्ट्र बैंकसँग पैसा सापटी लिएर गर्जा टारेका हुन् ।

राष्ट्र बैंकद्वारा प्राप्त तथ्यांक अनुसार बैंकहरुले चैत १३ गतेसम्म कुल ३ हजार १९ पटक यस्तो सापटी कारोबार गरेका हुन् । राष्ट्र बैंकले बजारमा प्रयाप्त तरलता हुँदा निश्चित ब्याजदर बैंकहरुबाट रिर्भस रिपो, ऋणपत्र र निक्षेप खरिदमार्फत् तरलता खिच्ने गर्छ । तर, यदी प्रणालीमै तरलता संकुचन भएमा बोलकबोल विधि वा बैंकहरुकै आग्रहमा रिपो, आउटराइट पर्चेज, ओभरनाइट रिपो र स्थायी तरलता सुविधा (एसएलएफ) मार्फत् तरलता प्रवाह गर्छ । तरलता संकुचन हुँदै गएपछि राष्ट्र बैंकले बैंकहरुकै आग्रहमा नियमित उपलब्ध गराउने भन्दा सयौं गुणा बढी तरलता प्रवाह भएको तथ्यांकले देखाउँछ ।

साउन १ गतेदेखि चैत १३ गतेसम्म राष्ट्र बैंकले बजारबाट पैसा खिच्ने भन्दा बढी दिने काम गरेको छ । सो अवधिमा ५५ खर्ब रुपैयाँ बढी तरलता प्रवाह गर्दा ६० अर्ब रुपैयाँमात्र बैंकिङ प्रणालीबाट तरलता तानेको छ । जसमध्ये १ पटक रिर्भस रिपोमार्फत् २८ अर्ब ३५ करोड रुपैयाँ र २ पटक निक्षेप संकलन उपकरणबाट ३१ अर्ब ६५ अर्ब रुपैयाँ प्रणालीबाट तानेको हो । प्रणालीबाट लिइएको रकम समेत परिपक्क भएर फिर्ता पठाइसकेको राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागका प्रमुख नरेश शाक्यले जानकारी दिए ।

राष्ट्र बैंकले तरलता संकुचन हुँदै गएपछि बैंकहरुलाई गत साउनयता बोलकबोल विधिमार्फत् ३ खर्ब २५ अर्ब ९१ करोड रुपैयाँ तरलता उपलब्ध गराएको हो । जसमध्ये १३ पटक रिपोमार्फत् २ खर्ब ७० अर्ब रुपैयाँ र ३ पटक आउटराइट पर्चेजमार्फत् ५५ अर्ब ९१ करोड रुपैयाँ तरलता प्रवाह गरेको छ ।

यस्तै, बैंकहरुकै आग्रहमा दिइने तरलता सुविधाहरुमार्फत् मात्रै राष्ट्र बैंकले ५१ खर्ब ९२ अर्ब १४ करोड रुपैयाँ उपलब्ध गराएको छ । जसमध्ये ओभरनाइट रिपोमार्फत् १ खर्ब ३३ अर्ब २९ करोड रुपैयाँ तरलता उपलब्ध गराएको थियो । जसमा बैंकहरुले २ अर्ब ६० करोड रुपैयाँ फिर्ता गर्न बाँकी छ ।

यस्तै, राष्ट्र बैंकले बैंकहरुलाई साउन १ गतेदेखि चैत १३ गतेसम्म ५० खर्ब ५८ अर्ब ८४ करोड रुपैयाँ एसएलएफमार्फत् तरलता प्रवाह गरेको छ । जसमध्ये १ खर्ब ९९ अर्ब ५१ करोड रुपैयाँ बैंकहरुले फिर्ता गर्न बाँकी छ । अहिले पनि ओभर नाइट रिपो र एसएलएफ सुविधामार्फत् बैंकहरुले अहिले २ खर्ब २ अर्ब ११ करोड रुपैयाँ राष्ट्र बैंकबाट तरलता प्रयोग गरिरहेका छन् ।

सो अवधिमा बैंकहरुले एसएलएफ २ हजार ६ सय ८३ पटक र ओभर नाइट रिपो ३ सय २० पटक प्रयोग गरेका हुन् । यस्तो सुविधा प्रयोग गर्नेमा अहिले सबैभन्दा बढी वाणिज्य बैंकहरु नै रहेको कार्यकारी निर्देशक शाक्यले बताए । उनका अनुसार बैंकहरुले दैनिक रुपमा ४० अर्ब रुपैयाँको हाराहारीमा यस्तो तरलता सुविधा उपयोग गरि कारोबार गरिरहेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्