काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवा चैत १८ गते भारत भ्रमणमा जाने भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा देउवा तीन दिने राजकिय भ्रमणका लागि भारत जान लागेका हुन् ।
दुबै देशका परराष्ट्र मन्त्रालयले एकै पटक विज्ञप्ति प्रकाशित गर्दै भ्रमणको मिति सार्वजनिक गरेका हुन् । १८ गते नयाँ दिल्ली पुग्ने देउवाले १९ गते भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेट गर्ने कार्यसूचि तय भएको छ ।
प्रतिक्रिया दिनुहोस्