काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्व राजा ज्ञानेन्द्र शाहबीच गोप्य साँठगाँठ चलिरहेको आरोप लगाएका छन् । केपी ओली सुटुक्क पूर्वराजा ज्ञानेन्द्र शाहको निवासमा पुग्ने गरेको आरोप पनि लगाए ।
ओलीले आगामी निर्वाचनमा ज्ञानेन्द्र शाहसँग तालमेल गर्न सक्ने अनुमान पनि नेपालले लगाए । नेपालले भने, ‘उनी सुटुक्क ज्ञानेन्द्र निवासमा पुग्ने गरेका छन् । राप्रपासँग साँठगाँठ गर्न खोजेका छन् । विदेशीहरुको दलाली गर्ने पार्टीसँग तालेमेल मिलाउन खोजिरहेका छन् । किनभने उनी दक्षिणपन्थी शक्ति हुन् । दक्षिण पन्थीहरु दक्षिणपन्थी शक्तिसँग मिल्छन् ।’
अध्यक्ष नेपालले वामपन्थी र लोकतान्त्रिक शक्तिहरुका बिचमा बनेको अहिलेको गठबन्धन निरन्तर रहने पनि बताए । संगठन निर्माणमा खटेर निर्वाचनमा आफ्नो हैसियत देखाइदिन पनि अध्ययक्ष नेपालले कार्यकर्ताहरुलाई निर्देशन दिए ।
प्रतिक्रिया दिनुहोस्