काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले इन्टर कलेज फाइनान्सियल क्वीज कम्पिटिशन २०२० आयोजना गर्ने भएको छ । ग्लोबल मनि विक २०२२ को अवसरमा शेयर बजार सम्बन्धी साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले नेपालमा पहिलो पटक प्रतियोगीता आयोजना गर्न लागिएको हो ।
प्रतियोगीतामा काठमाडौं उपत्यकाभित्र रहेका १५ वटा विजनेश कलेजहरुमा अध्ययनरत बिबिए तथा एमबिए तहका विद्यार्थीहरुलाई सहभागी हुनेछन् ।
क्विज प्रतियोगिता यही चैत्र १२ गते शनिबार विहान १० बजेबाट सिंहदरबार प्लाजा स्थित स्काई दरबार ब्यांकेटमा आयोजना हुनेछ । यसक्रममा १५ वटा कलेजलाई ५/५ वटाका दरले तीन टिममा राखेर पहिलो राउण्डको प्रतियोगिता सञ्चालन गरिनेछ । पहिलो राउण्डमा प्रथम तथा दोश्रो हुने २÷२ वटा कलेजहरुलाई फाइनल राउण्डमा लिएर जानेछ र फाइनलमा ६ वटा टोलीबीच प्रतियोगिता सञ्चालन गरिनेछ ।
प्रतियोगितामा प्रथम हुने कलेजलाई शिल्ड, प्रमाणपत्रका साथै सहभागी विद्यार्थीहरुलाई २० हजार बराबरको प्रभु सेलेक्ट फण्डको युनिट प्रदान गरिनेछ । यसैगरी दोश्रो हुने कलेजलाई शिल्ड प्रमाणपत्र पत्रका साथै सहभागी विद्यार्थीहरुलाई १० हजार बराबरको प्रभु सेलेक्ट फण्डको युनिट प्रदान गरिनेछ । तेश्रो हुने कलेजलाई शिल्ड, प्रमाणपत्रका साथै सहभागी विद्यार्थीहरुलाई ५ हजार बराबरको प्रभु सेलेक्ट फण्डको युनिट प्रदान गरिनेछ ।
यसका साथै प्रतियोगितामा सहभागी सबै प्रतियोगी विद्यार्थीहरुलाई प्रभु क्यापिटलमा डिम्याट खाता खोल्दा २ वर्षको लागि निःशुल्क डिम्याट खाता र मेरो शेयर अनलाइन प्रदान गरिनेछ ।
प्रतियोगितामा नेपालको बैंकिंग तथा वित्तिय संस्था तथा यसको नियामक निकाय नेपाल राष्ट्र बैंक, वर्तमान वित्तिय प्रणाली, अर्थतन्त्र र बजेट, पूँजी बजार, बीमा, लगानी व्यवस्थापन, वर्तमान समयमा वित्त सम्बन्धी जल्दाबल्दा विषयहरुका साथै मर्चेन्ट बैंकिंग, रेटिंग, नेप्से तथा नेपाली पूँजी बजारका विभिन्न सहभागीहरुका बारेमा प्रश्नहरु सोधिनेछन् ।
प्रतिक्रिया दिनुहोस्