Shikhar Insurance
National Life

एकीकृत शहरी विकास कार्यक्रममा बजेट थप्नु पर्छ- मन्त्री झाँक्री

सिंहदरबार संवाददाता
२०७८ चैत्र १०, बिहीबार १७:०६
Hyundai
NCELL
NIMB

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले राष्ट्रिय योजना आयोगलाई एकीकृत शहरी विकास कार्यक्रमका लागि थप बजेट छुट्याउन आग्रह गरेकी छिन् ।
उनले एकीकृत शहरी विकास नीतिको मस्यौदा अन्तिम चरणमा रहेको बताउदै यस कार्यक्रमको लागि थप बजेट आवश्यक रहेको बताएकी हुन् ।

बिहिबार मन्त्रालयमा आयोजित सघन शहरी विकास कार्यक्रमको निरन्तरता सम्बन्धी छलफललाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले मन्त्रालयले केही नयाँ कार्यक्रमका लागि बजेटको पहल गरिरहेको जानकारी दिइन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘एकीकृत शहरी विकास कार्यक्रम नयाँ हो, यसलाई बजेटमार्फत् यस बर्षको कार्यक्रम र बजेटमा समावेश गरेर अघि बढौं ।’

उनले मन्त्रालयले बनाउन लागेको युटिलिटी कोरिडोर ऐनको मस्यौदा अन्तिम चरण पुगेको र मन्त्रालयले नयाँ कार्यक्रमको बारे ल्याउने विषयमा गृहकार्य गरिरहेको बताइन् ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वराज पौडेलले मन्त्रालयले शहरी सौन्दर्य बढाउने खालका कार्यक्रम अघि बढाउनुपर्ने बताए ।

मन्त्रालयले अघि सारेको योजनाको बारेमा आफू सकारात्मक रहेको बताउँदै पौडेलले शहरी क्षेत्रको सुन्दरता बढाउन पार्क, कृत्रिम ताल लगायतका कार्यक्रमका लागि आयोग बजेट छुट्याउन तयार रहेको जानकारी दिए ।

‘मन्त्रालयले शहरीकरणमा थुप्र्रै राम्रा काम गरिरहेको छ । अब हाम्रा शहरहरुको सौन्दर्य बढाउन पनि पहल गर्नुपर्छ ।’

कार्यक्रममा शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पद्मकुमार मैनालीले आगामी बजेटमा मेगा सिटी निर्माणका लागि बजेट थप्नुपर्ने बताए ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्