धनगढी । काँग्रेस सभापति तथा प्रधानमन्त्री शेर बहादुर दउवा पत्नि आरजु राणाले आगामी निर्वाचनमा सत्तारुढ गठबन्धन कामयै रहने बताएकी छिन् । धनगढीमा आयोजीत पत्रकार भेटघाट कार्यक्रमामा काँग्रेसको प्रभावशाली नेतृ समेत रहेकी राणाले आगामी निर्वाचनमा गठबन्धन हुने र आफु कैलालीबाटै चुनाव लड्ने बताएकी हुन् ।
उनले आफुले केहि वर्षदेखि कैलाली क्षेत्र नम्बर ५ लाई आधार मानेर काम गरिरहेको र अघिल्लो निर्वाचन पनि सोही क्षेत्रबाट लडेकाले अब पनि सोही क्षेत्रबाट उम्मेदवार हुने बताइन् । नेतृ राणाले स्थानीय निर्वाचन तोकिएको मितीमै हुने भएकाले त्यसको तयारीमा लाग्न पनि कार्यकर्ताहरुलाई निर्देशन दिइन् ।
प्रतिक्रिया दिनुहोस्