Skip to content
Shikhar Insurance
National Life

नेपालमा धेरै गाली खाने नेता र बैंक नै हुन्ः अध्यक्ष ढकाल

Hyundai
NCELL
NIMB

चितवन । मुक्तिनाथ विकास बैंकका अध्यक्ष भरतराज ढकालले एशियाकै पहिलो कृषि मेला भनेर गर्व गर्ने अवस्था रहेपनि नेपालमा कृषिको अवस्था कस्तो छ भनेर मेलाले देखाएको बताएका छन् ।

चितवनमा आयोजीत कृषि कर्जा मेलामा बैंकका अध्यक्ष ढकालले भने–“पछिल्लो एक दकशमा सबैभन्दा बढी गाली नेता र बैंकले खाएको अवस्था छ ।”

उनले कृषि उत्पादनहरुको अन्तराष्ट्रिय बजारीकरण आवश्यक रहेको पनि बताए । “कर्जाले मात्रै उत्पादन बढ्दैन, जबसम्म भ्यालु चेन बन्दैन, कृषिमा प्रविधि हस्तान्तरणका साथै राष्ट्रिय अन्तराष्ट्रिय बजारीकरण गर्न नसकेसमम उत्पादन बढ्दैन ।”

कृषिको विकासको लागि प्राइभेट सेक्टरको पब्लिक लिमिटेड कम्पनी खोल्नुपर्ने उनले बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्