Skip to content
Shikhar Insurance
National Life

कृषिमा मूल्य श्रृंखला निर्माण गर्दै लगानी बढाउन बैंकहरु तयार छन्ः अध्यक्ष पौडेल

Hyundai
NCELL
NIMB

काठमाडौं । नबिल बैंकका अध्यक्ष समेत रहेका ‘ग्लोबल एलायन्स फर बैंकिङ अन भ्याल्यु’ का एशिया प्यासिफिक प्रतिनिधि उपेन्द्र पौडेलले निक्षेपकर्ताको पैसा सुरक्षित भएको र सम्भावित लगानी क्षेत्रमा कर्जा दिन बैंक तयार भएको बताएका छन् । चितवनमा आयोजीत कृषि कर्जा मेलामा बैंकका अध्यक्ष पौडेलले मूल्य श्रृंखला बनाउन सके कृषिमा लगानी बढ्ने उनले बताए ।

“नबिल बैंकले दिगो बैंकिङ अगाडि बढाएको छ । त्यसको प्रमुख कार्यक्रम कृषि छ,” उनले भने, “हाम्रो उर्भर जमिन भोलि रहन्छ कि रहँदैन, भोलिको दिनमा सन्ततीको भविष्यलाई नबिगारी अहिले विकास गर्ने हो । जुन दिगो विकास हो,” उनले कृषि क्षेत्रमा बैंकले लगानी नगरेको भए यति परिवर्तन नहुने दाबी गरे ।

“कृषि क्षेत्रको विकासको लागि बैंकहरुले जति प्रभाव पारेको छ त्यो भन्न सकेको छैनौं । भोलिको दिनमा कृषि क्षेत्रको विकासमा परेको प्रभाव भन्न सक्ने गरि अगाडि बढौं ।” उनले भने,“ बैंकले निक्षेपकर्ताको पैसा फिर्ता हुने गरी हेरेर लगानी गर्ने हो, कृषिमा लगानी गर्दा निक्षेपकर्ताको पैसा सुरक्षित छ भन्नेगरी मूल्य श्रृखला निर्माण गरौं, बैंकले कृषिमा लगानी गर्छन् ।”

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उद्घाटन गरेको मेला चैत १२ गतेसम्म सञ्चालन हुनेछ ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्