Shikhar Insurance
National Life

दाबी नपरेको १ करोड २२ लाख रूपैयाँ लाभांश लगानीकर्ता संरक्षण कोषको खातामा, यी हुन् लाखौं रूपैयाँ लिन नजानेहरू

सिंहदरबार संवाददाता
२०७८ चैत्र ८, मंगलवार १२:३२
Hyundai
NCELL
NIMB

काठमाडौं । युनिलिभर नेपालले दाबी नपरेको १ करोड रूपैयाँभन्दा बढी लाभांश लगानीकर्ता संरक्षण कोषको खातामा जम्मा गरेको छ । युनिलिभरले ३ आर्थिक वर्षको कुल १ करोड २२ लाख ७२ हजार ६ सय ७० रूपैयाँ लाभांश कोषमा बुझाएको हो ।

लगानीकर्ता कोष व्यवस्थापन तथा सञ्चालन कार्यविधि, २०७३ अनुसार दाबी नपरेको ५ वर्षभन्दा पुरानो लाभांश कोषमा जम्मा गर्नुपर्ने हुन्छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

युनिलिभरले आव २०६९/७०, आव २०७१/७२ र आव २०७२/७३ को दाबी नपरेको लाभांश कोषमा जम्मा गरेको हो ।

कम्पनीका अनुसार एउटै व्यक्तिले एउटा आवको १ लाख ९३ हजार रूपैयाँसम्म लाभांश लिएका छैनन् ।

यी ३ आवमा न्यूनतम ९ हजार ४ सय ५ रूपैयाँदेखि अधिकतम १ लाख ९३ हजार ८ सय रूपैयाँसम्म लाभांश दाबी परेको छैन । दाबी नपरेको सर्वाधिक लाभांश कमल कुमार बेगानी, प्रदीप श्रेष्ठ र रूक्मिनी श्रेष्ठको नामको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्