काठमाडौं । बलेफी हाईड्रोपावरको आईपीओ चैत १६ गतेदेखि निष्काशन हुने भएको छ । आयोजना प्रभावितका लागि आईपीओ जारी गरिसकेको कम्पनीले अब आम सर्वसाधारणका लागि १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको १८ लाख २७ हजार ९७० कित्ता आईपीओ जारी गर्न लागेको हो ।
कुल निषकाशनको ४ प्रतिशतले हुने ७३ हजार ११९ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशतले हुने ९१ हजार ३९८ कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि सुरक्षित गरिएको छ। बाँकी रहेको १६ लाख ६३ हजार ४५३ कित्ता शेयरमा भने आम सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
निष्काशन बन्द छिटोमा चैत २१ गते हुनेछ भने ढिलोमा चैत ३० गते हुनेछ। लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले इक्रा एनपी इस्युअर रेटिङ्ग डबल बी रेटिङ्ग प्रदान गरेको छ। य
प्रतिक्रिया दिनुहोस्