Skip to content
Shikhar Insurance
National Life

ग्रीन भेञ्चर्सको आईपीओमा आवेदन खुल्यो, ५० हजार कित्तासम्म भर्न मिल्ने

Hyundai
NCELL
NIMB

काठमाडौं । ग्रीन भेञ्चर्सको आईपीओमा आवेदन खुलेको छ । कम्पनीले ३१ लाख २५ हजार कित्ता साधारण शेयर निष्काशन गरेको हो । कम्पनीको आईपीओमा न्युनतम १० कित्तादेखि ५० हजार कित्तासम्म आवेदन दिन सकिन्छ ।

कुल निष्काशनमध्ये ३ प्रतिशत अर्थात ९३ हजार ७५० कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात १ लाख ५६ हजार २५० कित्ता सामूहिक लगानी कोषहरुका लागि बाँडफाँट गरिनेछ। सर्वसाधारणले बाँकी २८ लाख ७५ हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

यो आईपीओमा चैत ११ गतेसम्म आवेदन दिन सकिन्छ । आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी आईएस रेटिङ्ग प्रदान गरेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्