काठमाडौं । छायाँदेवी कम्प्लेक्स लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशनका लागि प्रभु क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको हो । सो सम्झौतामा छायाँदेवी कम्प्लेक्स लिमिटेडका तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक महेश्वर प्रकाश श्रेष्ठ तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीेले हस्ताक्षर गरेका हुन् ।
कम्पनीले हाल काठमाण्डौको प्रमुख व्यापारिक स्थान ठमेलमा पाँच तारे होटेल र मेघा कम्प्लेक्सको निर्माण गरी सञ्चालन गरिरहेको छ । छायाँ देवी कम्पलेक्स लिमिटेडको कूल निर्माण क्षेत्र करीब ३ लाख ५० हजार वर्गफिट भन्दा बढी रहेको छ ।
कम्प्लेक्समा २ सय वटा विभिन्न अन्तर्राष्ट्रिय ब्राण्डका रिटेल स्टोरका साथै प्रसिद्ध सिनेमा चेन क्युएफएक्स तथा अन्तराष्ट्रिय नेटवर्क भएको पाँचतारे होटल “दि अलफ्ट” सञ्चालन भइरहेको छ ।
कम्पनीले हाल कायम जारी पूँजीको १० प्रतिशत शेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।
प्रतिक्रिया दिनुहोस्