Shikhar Insurance
National Life

गभर्नरलाई अर्थमन्त्रीको प्रश्नः ब्याजदर वृद्धिको समस्या समाधान गर्ने की हेरिरहने हो ?

सिंहदरबार संवाददाता
२०७८ चैत्र ५, शनिबार २२:११
Hyundai
NCELL
NIMB

काठमाडौं । अर्थमन्त्री जनादर्न शर्मा प्रभाकरले बढ्दो ब्याजदर र व्यवसायीका असन्तुष्ठिहरुको तत्काल सम्बोधन हुनुपर्ने बताएका छन् । विकास समस्या समाधान सम्बन्धी मन्त्रालयगत छलफलका क्रममा मन्त्री शर्माले व्यवसायीहरुले ब्याजदर वृद्धिको बिरोध गरिरहेकाले तत्काल समस्या समाधान हुनुपने बताएका थिए ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समेत सहभागी बैठकमा मन्त्री शर्माले बैंकको बढ्दो ब्याजदरप्रति चिन्ता प्रकट गर्दै प्रश्न गरे, ‘बैंकिङ क्षेत्र र व्यवसाय एकै ठाउँमा हुन्छ । अहिले ब्याजदर बढ्यो भनेर व्यवसायीले बिरोध गरिरहेका छन् । यसलाई समाधान गर्ने की हामीले यस्तै चलाइरहने हो ? भन्ने कुरामा राष्ट्र बैंकले ध्यान दिनुहोला ।’

Citizen Life
Kumar Bank
Prabhu Insurance

मन्त्री शर्माले आयातमा भैरहेको कडाईले काम गरिरहेको बताउँदै थप कडाईका लागि तयार रहन संकेत पनि दिए । ‘आयातमा भएको वृद्धि हामीले लिएको नीतिअनुसार बिस्तारै सुधार भइरहेको छ । राष्ट्र बैंक अझै उद्धार भयो भने यो समस्या सुधार हुन्छ । अन्य बैंक बित्तिय संस्थालाई पनि मैले सुधारका काममा केन्द्रित गर्न भनेको छु’ उनले भने ।

उनले डलर भित्र्याउन सहजीकरण गर्नुपर्ने, रेमिट्यान्स एजेन्टको कमिसनदर बारे अध्ययन गरेर बिदेशमा रहेका नागरिकको पैसा सहज रुपमा नेपाल भित्र्याउन पहल गर्ने तथा रेमिट्यान्सलाई बैंकिङ प्रणालीबाट ल्याउन सबै प्रकारका पहलकदमी अवलम्बन गर्नुपर्ने सुझाव दिए ।

उनले नीति निर्माणमार्फत अर्थतन्त्रमा सुधार गर्न र पुँजी निर्माणमा ध्यान दिन निर्देशन दिए । संस्था सुधार गर्ने, प्रविधिको प्रयोग गर्ने, प्रविधिको अपडेट गरिरहनेलगायतका कुरामा ध्यान दिनुपर्ने उनको भनाई थियो । उनले नियम कानूनले सरकारी संयन्त्रलाई बाँधेर राखेको भन्दै सच्याउन निर्देशन दिए ।

‘हामी आफैंले बनाएको नियम, कानूनले आफैंलाई बाँध्ने काम गरिरहेका छौं । नियम, बिनियम संशोधन गरेर कार्य प्रकृति अनुकुल बनाउनस्’ उनले भने । उनले अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि र आयातमा परेको चापका कारण अर्थतन्त्रका केही सूचक अपेक्षाकृत नभएपनि बिस्तारै सुधार भइरहेको बताए ।

नागरिक लगानी कोषमा एक खर्ब रुपैयाँ भन्दा बढी पैसा रहेको र त्यसलाई पँुजी निर्माणमा केन्द्रित गर्न सुझाव दिए । केही दिनअघि नेप्से बन्द भएको बिषयमा ध्यानाकर्षण भएको भन्दै उक्त सममस्याको तत्कालन छानबिन गर्न र आइन्दा यस्ता समस्या दोहोरिन नदिन धितोपत्र बोर्ड र नेप्सेका अधिकारीलाई निर्देशन दिए । ‘ केही दिनअघि नेप्से बन्द भएको कुरा गम्भिर हो । यो सामान्य बिषय होइन, त्यसैले अहिलेको नेतृत्वले यो समस्या समाधान गरोस्’ उनले भने, ‘यो प्राविधिक बिषय मात्र होइन जस्तो लाग्छ । यो समग्र पुँजी बजारलाई नै असर गरेको छ ।’

समिक्षा कार्यक्रममा राष्ट्र बैंकका अधिकारीले मूल्यवृद्धिको बार्षिक लक्ष्य ६.५ प्रतिशत रहेको र माघ मसान्तसम्म ५.९७ प्रतिशत रही बाञ्छित सिमा भित्रै रहेको जानकारी दिएका थिए । अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि थप चर्किदै गएकाले नेपाली बजारमा यसको नियमनका उपायबारे सोच्न मन्त्री शर्माले सल्लाह दिएका थिए ।

अर्थ मन्त्रालय मातहतका महालेखा नियन्त्रक कार्यालय, भन्सार विभाग, आन्तरिक राजस्व विभाग, ऋण असुली न्यायाधिकरण, राष्ट्रिय बाणिज्य बैंक, नेपाल बैंक, कृषि बिकास बैंक, धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, संचय कोष, राजस्व परामर्श समिति, एमसिसी परियोजना, बिमा समिति, बिमा संस्थान, बिमा कम्पनी, नेपाल राष्ट्र बैंक लगायतको दोस्रो त्रैमासिक समिक्षा सम्पन्न भएको छ ।
चाल आर्थिक बर्ष ०७८–७९ को दोस्रो त्रैमासिकका लागि राखिएको लक्ष्यअनुसार अधिकांश काम सम्पन्न भएको सबै निकायले जानकारी दिएका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्