Skip to content
Shikhar Insurance
National Life

सिटिजन लाईफाद्वारा एकै दिन १८ सय विद्यार्थी लाई बीमा शिक्षा प्रदान

Hyundai
NCELL
NIMB

काठमाडौं । सिटिजन लाईफ इन्स्योरेन्सले बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्कुल तथा कलेजका करिव १८०० विद्यार्थीलाई “विद्यार्थी सँग बीमा” कार्यक्रम सञ्चालन गरेको छ । कम्पनीले एकैदिन त्यतिको संख्याका विद्यार्थीलाई बीमा शिक्षा प्रदान गरेको हो ।

विद्यार्थी भोलिका कर्णधार हुन् भन्ने सोचसहित कम्पनीले यो कार्यक्रम आयोजना गरेको हो । यसरी विद्यार्थीलाई शिक्षा दिँदा उनीहरुले बीमाबारे हासिल गरेका ज्ञानले बीमा क्षेत्रप्रति उनीहरुको आकर्षण बढ्ने र दीर्घकालिन रुपमा जनशक्ति अभावलाई पुर्ति गर्न कोशेढुङ्गा साबित हुने कम्पनीको दाबी छ । साथै बीमा बारे उनीहरु प्रस्ट हुँदा आफ्नो परिवार समाजलाई बुझाउन सक्ने र बीमाको सचेतना फैलाउन समेत सजिलो हुने हेतुले “विद्यार्थी सँग बीमा” कार्यक्रम सुरु गरिएको बताइएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यस अघि पनि सिटिजन लाइफले यो जागरण अभियान लाई निरन्तर रुपमा गर्दै आइरहेकोमा एकै दिन २० वटा कलेजमा गइ सो अभियान सञ्चालन गरेको पहिलो पटक हो ।

ब्यवसायिकतामा समेत अब्बल प्रदर्शन गर्दै कम्पनिले यस आर्थिक बर्षको माघ सम्म आइपुग्दा १९ वटै कम्पनिमा आफुलाई टप ३ मा उभ्याउन सफल भएको छ । भोलिका दिनहरुमा समाजलाई बीमा सम्बन्धि सकारात्मक प्रभाव पार्ने थप नविनतम कार्यक्रम हरु गर्ने कम्पनिको योजना रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्