काठमाडौं । बीओके डिबेन्चर २०८६ को बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त भएको छ । सम्झौतामा बैंक अफ काठमाण्डूका प्रमुख कार्यकारी अधिकृत श्रवण लाल मास्के र एनआईबिएल एस क्यापिटलका नायब महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरे ।
बैंक अफ काठमाण्डू लिमिटेडले रु.१,०००/– अंकित दरको ११,००,००० कित्ताले हुन आउने रु. १,१०,००,००,०००/- (अक्षरुपी १ अर्ब १० करोड) रकम बराबरको बि.ओ.के डिबेन्चर २०८६ (क), ऋणपत्र जारी गर्दैछ ।
उक्त ऋणपत्रको अवधि ७ वर्ष रहेको र ब्याजदर १०.५० प्रतिशत रहेको छ ।
बैंकले ९९ शाखा, ८७ एटिएम र १० एक्सटेन्सन काउन्टरहरुका मार्फत ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्