काठमाडौं । नेपाल टेलिकमले इतिहासमै पहिलो पटक बोनस सेयर दिने भएको छ । फागुन ३० गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको इतिहासमा पहिलो पटक बोनस सेयर दिने निर्णय गरेको हो ।
टेलिकमलले यसपाली २० प्रतिशत बोनस सेयर दिनेछ । त्यस्तै, थप २० प्रतिशत नगद लाभांश(कर सहित) दिने निर्णय पनि सञ्चालक समितिले गरेको छ । टेलिकमले बोनस र नगद गरि ४० प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले ११ देखि २३ गतेसम्म बुलक्लो गर्दै चैत २४ गते, चौधौँ वार्षिक साधारण सभा डाकेको छ । बोनस सेयर वितरणपछि टेलिकमको चुक्ता पुँजी १८ अर्ब रुपैयाँ पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस्