Shikhar Insurance
National Life

एशियामै पहिलो पटक नेपालमा कृषि कर्जा मेला आयोजना हुँदै

सिंहदरबार संवाददाता
२०७८ फाल्गुन ३०, सोमबार १८:२०
Hyundai
NCELL
NIMB

काठमाडौं । एशियामा नै पहिलो पटक नेपालमा कृषि कर्जा मेला आयोजना हुने भएको छ । आर एण्ड डी इनोभेटिभ सोलुसनले चैत्र ९ देखि १२ गतेसम्म चितवन एक्स्पो सेन्टरमा मेला आयोजना गर्ने भएको हो ।

मेलामा कृषिमा वित्तीय पहँचको राष्ट्रिय संवादू का साथै देश भरिबाट कृषि उद्यमीहरुको सहभागीतामा कार्यशाला समेत आयोजना गरिने आयोजकले जनाएको छ । कृषक र लगानीकर्ता बैंकहरुलाई एकै थलोमा भेला गराइ कृषि कर्जा सम्बन्धमा कृषकहरुमा वित्तीय साक्षरता अभिबृद्धि गर्ने र कृषि कर्जाको क्षेत्रमा देखिएका समस्याहरु निराकरणका लागि पहल गर्ने अभिप्रायका साथ मेला आयोजना गरिएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कृषिमा वित्तिय पहुचसँग सम्बन्धित यस क्षेत्रका सबै साझेदारहरु सम्मिलित मेला विश्वभरमा अमेरिकाको सान्फ्रान्सिस्कोमा आयोजना हुनेगरेको छ। विगत एक दशकदेखि कृषि र कृषि उद्यमीलाई सबलिकरण गर्ने उद्देश्यका साथ विभिन्न क्षेत्रमा काम गर्दै आएको आर एण्ड डी इनोभेटिभ सेलुसनको आयोजनामा हुन गइरहेको सो मेलाको मुख्य प्रायोजक नबिल बैंक र कृषि बिकास बैंक रहेका छन् ।

नेपाल बैंकर्स संघको सहकार्यमा हुने कृषि मेलामा बीमा पार्टनरको रुपमा शिखर इन्स्युरेन्स रहेको छ भने फोन पे डिजिटल पेमेण्ट पार्टनरको रुपमा रहेको छ । प्रायः सम्पूर्ण वाणिज्य बैंकहरु, बिकास बैंकहरु तथा बीमा कम्पनीहरुले यस मेलामा भाग लिने आयोजकले जनाएको छ ।
साथै, नेपाल सरकार कृषि तथा पशुपन्छी मन्त्रालय, कृषि विभाग, कृषि पूर्वाधार तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र नेपाल कृषि मेशिनरी व्यवसायी संघको संयुक्त आयोजनामा हुन लागेको ५औं राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०७८ को विशेष आकर्षणको रुपमा कृषि कर्जा मेला रहने विश्वास आयोजक कमिटीको छ ।

मेला मूख्य उदेश्यहरुः
बैंक र कृषकहरुलाई एकै थलोमा भेला गराई कृषि कर्जा सम्बन्धमा कृषकहरुलाई जानकारी गराई कृषकहरुमा कृषि वित्तीय साक्षरता अभिबृद्धि गराउने, बैंकहरुलाई कृषि कर्जा ब्यवसाय विस्तारमार्फत बजार प्रवद्र्धनमा सहयोग पुर्याउने नीति निर्माता, नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक र कृषहरुको उपस्थितिमा कृषि कर्जाको राष्ट्रिय संवाद एवं कार्यशाला संचालन गरी आगामी दिनमा थप कृषि कर्जामैत्री नीति निर्माणमा सहयोग पुर्याउने, कृषक, बैंक, सेवाप्रदायक र नीति निर्मातवीच समन्वय र सहकार्यको वातावरण सिर्जना गर्ने ।

GBIME

प्रतिक्रिया दिनुहोस्