काठमाडौं । चैत १ गतेदेखि अनिश्चित समयको लागि चालक अनुमतिपत्र बन्द हुने भएको छ । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिको अनलाई आवेदन भोलिदेखि बन्द गर्ने भएको हो ।
हालसम्म परेको अनलाईन आवेदनहरुको कारवाहीलाई यथाशक्य चाँडो टुंगोमा पुर्याउनु पर्ने भएकाले अर्को सूचना नभएसम्मका लागि थप आवेदन दिने काम बन्द गर्न लागिएको विभागले उल्लेख गरेको छ ।
विभागद्वारा जारी सुचनामा भनिएको–‘हालसम्म परेका अनलाइन आवेदनहरुको कारबाही यथाशक्य चाँडो टुंगोमा पुर्याउनु पर्ने भएकाले चैत १ गतेदेखि अर्को सूचना प्रकाशन नभएसम्मका लागि सवारी चालक अनुमति पत्रको अनाइन आवेदन प्रणाली बन्द रहने ब्याहोरा सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।’
प्रतिक्रिया दिनुहोस्