Shikhar Insurance
National Life

संसदीय टोलीसहित फास्ट ट्रयाक अनुगमनमा माधव नेपाल

सिंहदरबार संवाददाता
२०७८ फाल्गुन ३०, सोमबार १२:१६
Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा(एकिकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल संसदीय टोलीसहित काठमाडौं–निजगढ फास्ट ट्रयाकको स्थगलगत अनुगमनमा गएका छन् । संघीय संसद बिकास तथा प्रविधि समितिका सभापति तथा करिब एक दर्जन सांसदहरुसहित पूर्व प्रधानमन्त्री नेपाल फास्ट ट्रयाकको अनुगमनमा निस्किएका हुन् ।

अनुगमनमा विकास तथा प्रविधि समिति कल्याणी खड्का लगायतका एक दर्जन सांसदहरु थिए । समितिले आयोजना गरेको अनुगमनमा सहभागी भएर अध्यक्ष नेपालले तराई मधेशको विकास र समृद्धिसँग जोडिएको आयोजना चाँडो बन्नुपर्नेमा जोड दिएका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले फास्ट ट्रयाकको सपल निर्माण आफ्नो सपना भएको र त्यसको आरम्भ पनि आफैंले गरेको बताएका थिए । समिति सभापति कल्याणी खड्काले फास्ट ट्रयाकको निर्माणमा मधेश प्रदेशको भविष्य जोडिएकाले आयोजनाको काम गुणस्तरिय ढंगले समयमै सम्पन्न हुनुपर्नेमा जोड दिएका थिएन् ।

अनुगमनका क्रममा नेपाली सेनाको फास्ट ट्रयाक आयोजनाले आधा दर्जन ठाउँमा आयोजनाबारे ब्रिफिङसहित समस्या र समाधानका उपायबारे जानकारी गराएको थियो ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्