Shikhar Insurance
National Life

चैत महिनाका लागि तोकियो वाणिज्य बैंकहरुको ब्याजदर, फागुनमै कायम ११.०३ %लाई निरन्तरता

सिंहदरबार संवाददाता
२०७८ फाल्गुन २९, आईतवार ११:३०
Hyundai
NCELL
NIMB

काठमाडौं । चैत महिनामा पनि वाणिज्य बैंकहरुले निक्षेपमा ११.०३ प्रतिशत नै ब्याजदर दिने भएका छन् । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैकर्स संघले सबै बैंकहरुको सीइओहरुसँग यस्तो सहमति बटुलेको हो ।

गत शुक्रबारै नै संघको कार्यसमितिले आगामी महिनाका लागि ब्याजदर थपघट गर्ने बारे छलफल गरेको थियो । सो छलफलले चैत महिनापनि फागुन मै कायम ब्याजदरलाई निरन्तरता दिने निर्णय भएको थियो । सो निर्णयमा सबै सदस्य बैंकहरुको सहमति भएपछि आधिकारीक निर्णय सुनाइने संघका अक्ष्यक्ष अनिल उपाध्धयले सिंहदरबारलाई बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘ब्याजदरको विषयमा शुक्रबार नै फागुनमा जे छ चैतमा पनि त्यही कायम गर्ने भनेर एक तहको निर्णय भएको थियो, त्यसपछि साथीहरुको एप्प्रुबल पठाउन भनेका थिर्यौ,’ संघका अध्यक्ष उपाध्ययले भने ‘२/३ जना साथीहरुबाट आउन बाँकी छ, अधिकांश ११.०३ प्रतिशतलाई चैत महिनामा पनि निरन्तरता दिने पक्षमा छन् । वाणिज्य बैंकहरुले चैत महिना पनि निक्षेप अधिकतम ब्याज ११.०३ प्रतिशत नै दिन्छन् ।’

सबै सदस्य बैंकका सीईओहरुले संघको ब्याजदर नबढाउने निर्णयमा सहमति दिएपछि आधिकारीक रुपमा चैत महिनाको ब्याजदरसम्बन्धी निर्णय आउने उनको भनाइ छ ।
राष्ट्र बैंकले गत कात्तिक महिनामै एउटै वर्गको बैंकमा औषत १० प्रतिशतको ‘ग्याप’ नीति लागू गरेको थियो ।

सोही अनुसार बैंकहरुले ब्याजदर थपघट गरेर निक्षेपको ब्याजदर निर्धारण गरिरहेका छन् । तर, पछिल्लो २ महिना पुस र माघ महिनामा भने बैंकहरुले ब्याजदर बढाए पनि निक्षेप संकलन नभएको भन्दै अघिल्लै महिनाको ब्याजदरमा तटस्थ रहेका थिए ।

तर फागुन महिनामा भने राष्ट्र बैंकको सुझाव र पुराना निक्षेपकर्ताको आग्रहमा ब्याजदर ०.१० प्रतिशत थप गरी ११.०३ प्रतिशत कायम गरेका हुन् । तर, बढाइएको ब्याजदरमा नयाँ निक्षेप संकलन नभएको तर खर्च मात्र बढेको भन्दै बैंकरहरुले ब्याजदर तटस्र्थ राखेको हुन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्