काठमाडौं । प्रतिबन्धित भारतीय मुद्रासहित प्रहरीले त्रिभुवन अनतराष्ट्रिय विमानस्थलबाट दुई जना थाइ नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ३२ वर्षीया वानविसा जनतासन र ४१ वर्षीया वारापर्न खुनसोमबट रहेका छन् । उनीहरुको साथबाट दुई हजार दरका चार थान र ५०० दरका ५७३ थान गरी जम्मा दुई लाख ९४ हजार ५०० भारतीय रूपैयाँ बरामद गरिएको छ ।
भिस्टारा एयरलाइन्सको उडानद्वारा काठमाडौँबाट दिल्ली जान लागेका बेला एक्सरे मेसिनमा जाँच गर्ने क्रममा उनीहरुको साथमा प्रतिवन्धित भारतीय रूपैयाँ फेला परेको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको त्रिभुवन अन्तरराष्ट्रिय सुरक्षा कार्यालयले आज एक सूचना जारी गरी जनाएको छ ।रासस
प्रतिक्रिया दिनुहोस्