Skip to content
Shikhar Insurance
National Life

सेञ्चुरी बैंक १२ औं बर्षमाः उत्कृष्ठ बैंकिङ र अब्बल प्रतिफलको योजना

Hyundai
NCELL
NIMB

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक ११ वर्ष पुगेर १२ औं बर्षमा लागेको छ । बैंकले ११ औं बार्षिकोत्सवका अवसरमा उत्कृष्ठ बैंकिङ र अब्बल प्रतिफल दिने योजना पनि अघि सारेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष राजेश कुमार श्रेष्ठले ११ वर्ष अघि सरल बैंकिङ्ग सबैंका लागि भन्ने नाराका साथ स्थापित सेञ्चुरी बैंक पूँजी, व्यवसाय वृद्धि, शाखा सञ्जाल विस्तार एवं रोजगारी सिर्जना लगायत सबै हिसावमा ठूलो र मजबुद बैंक बनेकोे उल्लेख गरे । अध्यक्ष श्रेष्ठले बैंक आगामी दिनमा ग्राहकवर्गलाई अझ प्रभावकारी छिटोछरितो एवं गुणस्तरिय सेवा प्रदान गर्ने पनि बताए ।

एघार वर्ष अघि स्थापित बैंकको चुक्ता पूँजी २ अर्बबाट ९ अर्ब ५५ करोड, निक्षेप परिचालन १ अर्ब ३५ करोडबाट ९२ अर्ब ५७ करोड, ऋण प्रवाह १ अर्ब १८ करोडबाट ८८ अर्ब ५९ करोडभन्दा बढी पुगेको छ । ४४ जना कर्मचारीबाट एघार सयभन्दा बढी कर्मचारी संख्या पुगेको र अर्थतन्त्रमा महत्वर्पूण योगदान दिन सक्षम भएको पनि अध्यक्ष श्रेष्ठले बताए । उनले बैकको व्यवसाय वृद्धिसँगै संस्थागत सुशासन कायम राखी बैंकलाई शेयरधनी, कर्मचारी, नियमनकारी निकाय लगायत सबै सरोकारवालाहरुको रोजाइको बैंक बनाउने प्रतिबद्धता पनि व्यक्त गरे ।

बार्षिकोत्सव समारोहमा कायम मुकायम प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेले आगामी दिनमा बैंकलाई अझ बढी सुदृढ र सबल बनाउँदै थप शाखा सञ्जाल विस्तार गर्ने, डिजिटलाइजेसनलाई जोड दिने, वित्तीय सचेतना अभिवृद्धि एवं उद्यमशिलता विकास गरी सामाजिक आर्थिक उत्थान एवं व्यवसाय वृद्धि गर्दै जाने बताए ।

सो कार्यक्रममा दश वर्षदेखि निरन्तर सेवा प्रदान गरी बैंकको समग्र विकासमा पु¥याएको योगदानको मूल्यांकन गर्दै बैंकका ४८ जना कर्मचारीहरुलाई कदरपत्रसहित सम्मान गरिएको थियो ।

आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिग सेवा प्रदान गर्दै आएको सेञ्चुरी कमर्सियल बैंकले आफ्ना १२९ शाखा १० एक्सटेन्सन काउन्टर, २६ शाखारहित बैंकिङ्ग र ११३ एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्