काठमाडौं । एक बर्षमै ऋणको ब्याजदर १.५६ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको माघ महिनामा वाणिज्य बैंकहरको औषत आधारदर (बेसरेट) ६.४९ प्रतिशत थियो । जुन चालु आवको सोही अवधिमा ८.५३ प्रतिशत पुगेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।
बैंकहरुले संकलित निक्षेपमा केही प्रतिशत स्प्रेड कायम गरी बेसरेट तय गरेका हुन्छन् । सोही बेसरेटमा केही प्रतिशत प्रिमियम थप गरी ऋणको ब्याजदर तय गर्छन् । बेसरेट थपघट हुँदा नयाँ तथा पुरानो ऋणीलाई ब्याजको भार थपघट हुन्छ ।
बेसरेट बढेसँगै वाणिज्य बैंकहरुको कर्जाको औषत ब्याजदर समेत १.४२ प्रतिशतले वृद्धि भएको छ । गत आवको माघ महिनामा वाणिज्य बैंकहरुले प्रवाह गर्ने कर्जाको औषत ब्याजदर ८.५३ प्रतिशत थियो । जुन चालु आवको सोहअी अवधिमा १०.३१ प्रतिशत पुगेको छ ।
लामो समयदेखि बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) को अभावमा कर्जाको माग अनुसार बैंकहरुले अहिले पनि निक्षेप संकलन गर्न सकेका छैनन् । निक्षेपकर्ता आर्कषित गर्न ब्याजदर बढाउनै पर्ने बाध्यतामा खर्च बढ्दा बैंकहरुले कर्जाको ब्याजदर महिनै पिच्छे बढाएका हुन् ।
राष्ट्र बैंकको तथ्यांक अनुसार माघ महिनासम्म निक्षेपको औषत ब्याजदर ६.९७ प्रतिशत कायम छ । जुन गत आवको सोही अवधिमा ४.८६ प्रतिशत कायम थियो ।
महंगो ब्याजदरमा निक्षेप संकलन गर्दा खर्च बढेपछि बैंकहरुले महिनैपिच्छे ऋणको ब्याजदर बढाएका छन् ।
पुस महिनामा मात्रै वाणिज्य बैंकहरुले अघिल्लो महिनामा कायम कर्जाको औसत ब्याजदर ०.१७ प्रतिशतले वृद्धि गरी ८.४२ प्रतिशत कायम गरेका थिए । माघ महिनामा समेत कर्जाको औषत ब्याजदर ०.११ प्रतिशतले बढाएका हुन् ।
वाणिज्य बैंकहरुले गत कात्तिक र मंसिर महिनामा निक्षेपको ब्याजदर राष्ट्र बैंकले ताकेको ब्याजदर नीति अनुसार वृद्धि गरेका थिए । तर, निक्षेपको ब्याजदर बढाउँदा खर्च बढेको तर पैसा नआएको भन्दै पुस र माघ महिना वाणिज्य बैंकहरु निक्षेपको ब्याजदर वृद्धि गरेनन् । तर, निक्षेपकर्ता निरुत्साहित भएको भन्र्दै बैंकहरुले फागुन महिानादेखि लागू हुने गरी पुनः निक्षेपको ब्याजदर ११.०३ प्रतिशत पुर्याए ।
निक्षेपको ब्याजदर नबढाइएको पुस र माघ महिना कर्जाको ब्याजदर भने बढेको छ । फागुन महिनामा बढाइएको निक्षेपको ब्याजदरले बैंकको खर्चसँगै ऋणीलाई ब्याजको भार समेत बढ्न सक्ने प्रष्ट देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्