Shikhar Insurance
National Life

१००% कर छुट पाए मोट्रेक्सले नेपालमै विद्युतिय गाडी बनाउने, प्लान्ट राख्न मोतिपुरमा जग्गा दिने तयारी

सिंहदरबार संवाददाता
२०७८ फाल्गुन २६, बिहीबार ११:३६
Hyundai
NCELL
NIMB

काठमाडौं । कोरियाली मोटर कम्पनी मोट्रेक्सले शतप्रतिशत कर छुट पाए नेपालमै विद्युतिय सवारी साधनको एसेम्बल प्लान्ट लगाउने प्रस्ताव अघि सारेको छ । यस अघि १० अर्ब ५४ करोडमा नेपालमै गाडीको एसेम्बल प्लान्ट लगाउने प्रस्ताव अघि सारेको कम्पनीले २०७८ मंसिर ८ गते अर्काे पत्र पठाएर सबै खाले करहरुमा छुट पाए विद्युतिय सवारी साधनको समेत प्लान्ट राख्ने बताएको हो ।

मोट्रेक्सले विद्युतिय बाहेकका सवारी साधनको प्लान्टका लागि सञ्चालन अवधीभर भन्सार दर १५ प्रतिशत र अन्तशुल्क १० प्रतिशत मात्र लगाउनुपर्ने माग गरेको थियो । विद्युतिय सवारी साधनको समेत एसेम्बल गर्ने प्रस्तावमा भने कम्पनीले भन्सार, अन्तशुल्क, भ्याट, दर्ता शुल्क र सडक करमा शतप्रतिशत छुट माग गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

लगानी बोर्डले मोट्रेक्सले मोतिपुर औद्योगीक क्षेत्रमा प्लान्ट स्थापनाका लागि जग्गा दिने गरि प्रक्रिया अघि बढाएको छ । २०७६ मंसिर २५ गते लगानी बोर्ड र मोट्रेक्सबीच लगानी सम्बन्धी प्रारम्भिक सम्झौता भएको थियो र बोर्डको ४६औं बैठकले भेइकल्स म्यानुफ्याक्चरिङ एसेम्ब्ली प्लान्टका लागि स्वीकृति दिएको थियो।

बुधबार बसेको बोर्ड अन्तर्गतको अनुगमन तथा सहजीकरण समितिको सातौं बैठकमा मोट्रेक्सको एसेम्बल प्लान्ट र त्यसका लागि आवश्यक पर्ने जमिन उपलब्ध गराउनेबारे छलफल भएको हो ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत शुशिल भट्टले सिईओ भट्टले अहिले मोतिपुर औद्योगिक क्षेत्रमा उद्योग राख्ने बिषयमा छलफल भइरहेको बताए । बोर्डमा अटोमोबाइल उद्योग स्थापनाका लागि दक्षिण कोरियाली कम्पनी मोटे«क्सले प्रस्ताव गरेपनि उद्योग स्थापनाका लागि स्थान छनौट गर्न नसकेको बताउँदै त्यसका लागि नीतिगत निर्णय आवश्यक पर्ने बताएका थिए । अर्थमन्त्रीको नेतृत्वमा भएको बैठकमा सिईओ भट्टले भने, ‘विशेष आर्थिक क्षेत्र (सेज) मा जानलाई निर्यातमा आधारित हुनुपर्ने मापदण्डले असर गरेको छ । त्यसैले बोर्डमार्फत आउने परियोजनालाई उद्योग स्थापनाका लागि सहजीकरणा गर्न विशेष नीतिगत व्यवस्थाहरु गर्नुपर्ने देखिएको छ ।’

मोट्रेक्सलाई उद्योग स्थापनाका लागि बुटवल औद्योगिक क्षेत्र भित्र रहेको बुटवल धागाो कारखानाको जग्गा दिन उपयुक्त देखिएको अध्ययनमा भेटिएको थियो तर सो उद्योेगमा रहेका पुराना मेसनरी प्रतिस्थाापनलगायतका बिषय झन्झटिलो भएको कारण स्थान दिन नसक्ने जवाफ सरकारले दिएको बोर्डले जनाएको छ । त्यसपछि मोतिपुरमा जग्गा दिने गरि प्रक्रिया अघि बढाउन लागिएको हो ।

बोर्डका सिईओ सिईओ भट्टले उत्पादनमा आधारित ठूला परियोजना लागि उद्योग लगाउने ठाउँको बारेमा नीगित निर्णय गरी विशेष व्यवस्था गर्नुपर्नेमा जोड दिएका थिए । कम्पनीले पहिलो वर्ष ५,८२०, दोस्रो वर्ष ९,५३०, तेस्रो वर्ष १५,०८० र चौथो वर्ष २०,०००हजार थान सवारी साधन उत्पादन गर्ने बताउँदै आएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्