Skip to content
Shikhar Insurance
National Life

सनराइज बैंकले नारी दिवसमा खाता खोल्ने महिलालाई १० प्रसुति खर्च दिने

Hyundai
NCELL
NIMB

काठमाडौं । सनराइज बैंकले नारी दिवसको अवसर पारेर नारी बचत खाता खोल्नेहरुका लागि विशेष सुविधाहरु अघि सारेको छ । बैंकले यस्तो खाता खोल्ने तथा खाता खोलेका महिला बचतकर्ताहरुलाई प्रसूति हुँदा १० हजार रुपैयाँ प्रसूति खर्च दिने भएको हो ।

साथै, यस खातामा घातक रोगमा पाँच लाख रुपैयाँसम्मको उपचार खर्च, पाँच लाख रुपियाँसम्मको दुर्घटना बीमा, अस्पतालमा उपचार गर्दा २० हजार रुपैयाँसम्मको ओपीडी खर्च, ८० हजार रुपियाँसम्म अस्पताल भर्ना भएर उपचार गरेको खर्च पाइने छ ।

महिलाहरुलाई बैंकमा खाता खोल्न र बचत गराउन प्रोत्साहित गर्ने उद्देश्यले आफूहरुले फरक खालको योजना ल्याएको बताउँदै सनराइज बैंकले यसबाट महिलाहरुलाई आर्थिकरुपमा सबल बनाउन र उनीहरुलाई सशक्तिकरण गर्न सहयोग पुग्ने आशा लिएको छ ।

बैंकले यस्तो स्वास्थ्य बीमा योजना उपचार खर्च नेपालको अस्पतालहरुबाहेक भारतका ७० वटा अस्पतालमा उपचार गर्दा पनि पाइने र सिंगारपुर तथा थाइल्याण्डका अस्पतालमा उपचार गर्दाको खर्च दिने तयारी भइरहेको बताएको छ ।

सनराइज बैंकले आफूहरुले बचतकर्ताहरुका लागि उपलब्ध गराउँदै आएको स्वास्थ्य बीमालाई परिस्कृत गर्दै फरक र आकर्षक सुविधाहरु प्रस्तुत गर्दै आएको बताएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्