Shikhar Insurance
National Life

नेविकोका ४ प्रोडक्ट लञ्च, थप ल्याउने तयारी

सिंहदरबार संवाददाता
२०७८ फाल्गुन २४, मंगलवार १६:४३
Hyundai
NCELL
NIMB

काठमाडौं । झण्डै ६ दशक पहिले संचालनमा आएको नेविको बिस्कुटले थप ४ प्रकारका उत्पादनहरु बजारमा ल्याएको छ ।

कम्पनीले सोमबार एक कार्यक्रममा ४ नयाँ प्रोडक्ट बजारमा ल्याएको जनकारी दिएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीको नयाँ प्रोडक्टहरुमा डि-५० डाइजेस्टिभ बिस्कुट , नाइस मिल कुकिज, कुरुम कुरुम चिउरा र साल्टेड पिनट्स स्न्याक्स रहेको छ ।
१५० ग्रामको डि ५० डाइजेस्टिभ बिस्कुटको मूल्य ५० रुपैयाँ तोकिएको छ ।

यसले पाचन प्रणालीमा सहजीकरण गर्ने र शरीरलाई तागत प्रदान गर्ने कम्पनीको भनाइ छ । कम्पनीले दुधको स्वादमा रहेको १८० ग्रामको नाइस मिल कुकिजको पनि ५० रुपैयाँ तोकेको छ ।
यस्तै कम्पनीले कुरुमकुरुम चिउराको ८०० ग्रामको ९५ र ३५ ग्रामको साल्टेड पिनट्सको २० रुपैयाँ तोकको छ ।

आफ्ना विगतको प्रोडक्ट हरुलाई जस्तै नयाँ प्रोडक्टलाइ पनि नेपाली उपभोक्ताले मनपराउने बिश्वास लिएको कम्पनीले छिटै केहि थप प्रोडक्टरु बजारमा ल्याउने तयारी रहेको गरेको जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्