Skip to content
Shikhar Insurance
National Life

नेष्डो समृद्धि लघुवित्तको आइपिओ बाँडफाँड, २४ लाख ४५ हजार ४९९ जनाको हातखाली

Hyundai
NCELL
NIMB

काठमाडौं। नेष्डो समृद्धि लघुवित्तको धितोपत्रको साधारण सेयर (आईपिओ) बाँडफाँड भएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले गोलाप्रथामार्फत मंगलबार आइपिओ बाँडफाँड गरेको हो ।

कम्पनीको आइपिओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशीका अनुसार बाँडफाँड भएको छ । जस अनुसार लघुवित्तको आईपीओमा आवेदन गरेकामध्ये ७७ हजार ४५६ जनाले गोलाप्रथाबाट दश कित्ताका दरले सेयर पाएका छन् । सोहीमध्ये ३ जनाले थप एक एक कित्ता गरि ११ कित्ता सेयर पाएका छन् । बाँकी २४ लाख ४५ हजार ४९९ जनाको आवेदकले भने हातखाली भएको हो ।

फागुन ११ गतेदेखि लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा कुल ८ लाख २८ हजार ७५० कित्ता आईपीओ बिक्री खुला गरेको थियो । जसमध्ये सामूहिक लगानी कोषका लागि ४१ हजार ४३७ कित्ता र लघुवित्तका कर्मचारीहरुका लागि १२ हजार ७५० कित्ता छुट्याइएको थियो ।

कम्पनीले कर्मचारी र सामुहिक लगानी कोषका लागि सुरक्षित गरी सर्वसाधारणको लागि ७ लाख ७४ हजार ५६३ कित्ताका लागि आवेदन माग गरेको थियो। जसमा २५ लाख २७ हजार १०१ वटा आवेदन परेकोमा ४ हजार १४६ आवेदन भने रद्द भएको बिक्री प्रबन्धकले जनाएको छ ।

रद्ध आवेदन हटाएर सदर भएका २५ लाख २२ हजार ९५५ जनालाई गोलाप्रथामा समावेश गरी सेयर ७७ हजार ४५६ जनालाई १० कित्ता र थप ३ जनालाई १ कित्ता सेयर बाँडफाँड भएको छ । बाँकी रहेका २४ लाख ४५ हजार ४९९ जनाको हातखाली भएको छ ।

कम्पनीको आइपीओको नतिजा ४ वटा साइटहरुबाट  बिक्री प्रबन्धकको वेबसाइट  https://www.globalimecapital.com/ , सिडीएससीकोवेबसाइट, मेरो शेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login, कम्पनीको वेबसाइट https://slbs.nesdonepal.org , र सिडीएसको नयाँ वेबसाइट https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिने बताइएको छ ।

कम्पनीको गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण अनुसार १६ करोड ३३ लाख ८ हजार खुद मुनाफा आर्जन गरेको छ । आव २०७७/०७८ को अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको सञ्चित मुनाफा २५ करोड ३० लाख ३१ हजार, प्रतिसेयर आम्दानी ९४ रुपैयाँ ८८ पैसा र प्रतिसेयर नेटवर्थ ३५२ रुपैयाँ २३ पैसा छ ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्