Shikhar Insurance
National Life

थप पेट्रोलियम पाइपलाइन विस्तारका लागि नेपाल–भारत सहसचिवस्तरीय बैठक सम्पन्न

सिंहदरबार संवाददाता
२०७८ फाल्गुन २४, मंगलवार १०:५३
Hyundai
NCELL
NIMB

काठमाडौं । अमलेखगञ्च–चितवन र सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइन विस्तार, मोतिहारी–अमलेखगञ्ज पाइपलाइन विस्तारको लागि आवश्यक छलफल शुरु भएको छ । पेट्रोलियम पदार्थ र ग्यासको आपूर्ति सहजीकरण सम्बन्धमा नेपाल–भारतबीचको सहसचिवस्तरीय संयुक्त कार्यदलको सम्पन्न बैठक सो विषयमा छलफल भएको हो ।

सन् २०१७ मार्चमा नेपाल र भारतबीच पेट्रोलियम पदार्थको आपूर्ति सम्झौताका क्रममा गठित संयुक्त कार्यदलको तेस्रो भर्चुअल बैठक नयाँ स्थानमा पेट्रोलियम पाइपलाइन विस्तारका सम्बन्धमा छलफल गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैठकमा पेट्रोलियम पदार्थको सहज आपूर्ति, अमलेखगञ्च–चितवन र सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइन विस्तार, मोतिहारी–अमलेखगञ्ज पाइपलाइनको सुरक्षा व्यवस्थालगायत नेपाल आयल निगम र इण्डियन आयल कर्पोरेशनबीच पेट्रोलियम पदार्थ आपूर्तिसम्बन्धी सम्झौताको नवीकरणका विषयमा छलफल भएको आपूर्ति मन्त्रालयका सहप्रवक्ता उर्मिला केसीले जानकारी दिइ ।

बैठकमा नेपालका तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव राधिका अर्याल र भारतका तर्फबाट पेट्रोलियम तथा नेचुरल ग्यास मन्त्रालयका सहसचिव इशा श्रीवास्तवले वार्ता टोलीको नेतृत्व गर्नुभएको थियो ।

बैठकमा नेपालका तर्फबाट अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, कानुन मन्त्रालयका प्रतिनिधिका साथै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका पदाधिकारीसहित नेपाल आयल निगम र इण्डियन आयल कर्पोरेशन लिमिटेडका उच्च पदस्थ पदाधिकारीको सहभागिता रहेको मन्त्रालयका सहप्रवक्ता केसीले जानकारी दिए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्