Skip to content
Shikhar Insurance
National Life

बहराइनमा नेपाली उत्पादनको प्रवद्र्धन

Hyundai
NCELL
NIMB

काठमाडौं । बहराइनमा पश्मिना शल, चिया, हस्तकलाका सामग्रीलगायत नेपाली उत्पादनको प्रवद्र्धन गरिएको छ । मनामास्थित नेपाली दूतावासले सोही स्थानमा ती सामग्रीको हालै प्रवद्र्धन गरेको हो ।

बहराइन अधिराज्यको बालबालिका तथा मातृ कल्याण समाजको संयोजकत्वमा सञ्चालित अन्तर्राष्ट्रिय राजदूतावास मेलामा नेपालले पहिलोपटक सहभागी भएर आफ्ना उत्पादन प्रवद्र्धन गरेको उक्त दूतावासले आज जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कार्यक्रमका विशेष अतिथि बहराइनको राजपरिवारका सदस्य शेख लुल्वा विन्ट खलिफा अल खलिफाले नेपाल कक्षको अभिरुचिपूर्वक अवलोकन गरी पश्मिना शल तथा हस्तकलाका सामान खरिद गर्नुभएको थियो । अन्य आगन्तुकहरूले पनि नेपाल उत्पादनको प्रशंसा गर्दै चिया, पश्मिनालगायत सामग्री खरिद गर्नुभएको थियो ।

कार्यक्रममा आगन्तुकलाई नेपाल भ्रमण गर्न अभिप्रेरित गर्ने प्रवद्र्धनात्मक सामग्री पनि प्रदान गरिएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्